एकतर्फी संशोधन गरी कार्यविधि लागू गर्न लागिएकोमा चिकित्सक संघको आपत्ति | Khabarhub Khabarhub

एकतर्फी संशोधन गरी कार्यविधि लागू गर्न लागिएकोमा चिकित्सक संघको आपत्ति


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयले जारी गरेको “एक चिकित्सक र एक स्वास्थ्यकर्मी- एक स्वास्थ संस्था सम्बन्धी कार्यविधि एकतर्फी संशोधन गरेर लागू गर्न खोजिएकोमा आपत्ति जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिमा फ्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुलाई हतोत्साहित पार्ने गरी कार्यविधि लागू गर्न लागिएकोमा आपत्ति जनाएको हो ।

संघले सो कार्यविधि सरोकारवाला निकायहरुसंग बृहत छलफल गरेर मात्र लागू गर्न आग्रह गरेको छ ।

संघका महासचिव बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा दिइएका सल्लाह र सुझाबहरुलाई नजरअन्दाज गरी चिकित्सकहरुको मानमर्दन हुने गरी दैनिक जीवन यापन समेत गर्न नसक्ने अवस्थाको कार्यविधि ल्याई लागू गर्न खोजिएकोमा सो कार्यविधिलाई अविलम्ब संसोधन गर्दै ऐच्छिक बनाई लागू गर्न उपयुक्त हुने यस संघको ठहर छ ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : २१ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा