मुख्यमन्त्रीका लागि गण्डकीमा विपक्षी गठबन्धनद्वारा दाबी पेश | Khabarhub Khabarhub

मुख्यमन्त्रीका लागि गण्डकीमा विपक्षी गठबन्धनद्वारा दाबी पेश


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न उनीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

जसमा कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)सहितको हस्ताक्षर रहेको छ ।

आजै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुन्छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

यस्तो छ हस्ताक्षर

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : १५ बजे

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग