सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल जारी | Khabarhub Khabarhub

सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल जारी


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग आयोजना गर्नु भएको छलफल जारी छ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले छलफलका लागि आमन्त्रण गरेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक चलिरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राप्रपाका दीपक बोहरालगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।

सभामुख सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन् । सभामुखले प्रधानमन्त्रीलाई निमन्त्रणा पठाए पनि उनी सहभागी नभएका हुन् ।

सभामुखले यसअघि कानुन व्यवसायी, पूर्वसभामुख लगायतसँग छलफल गरिसकेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ३ : ०५ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्