धनुषामा पाँच बालिकाको डुबेर मृत्यु | Khabarhub Khabarhub

धनुषामा पाँच बालिकाको डुबेर मृत्यु


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषाको मुखियापट्टि मुसहर्नियामा पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी भेग नेपाल भारतको सिमामा पर्ने मुखियापट्टि मुसहिर्निया गाउँपालिका ६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेको प्रहरीले जनाएको छ ।

स्थानीय हुलास यादवको खेतमा खनिएको करिब ९ फिट गहिरो पोखरीमा पौडी खेल्न गएका उनीहरुको डुबेर मृत्यु भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  २ : ०५ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले