सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्री नजाने | Khabarhub Khabarhub

सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्री नजाने


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

सभामुखको सचिवालय अनुसार बुधबार नै सबै नेताहरुलाई बैठकमा सहभागी हुन पत्र पठाइसिकएको छ । बैठक दिउँसो २ बजेका लागि स‌ंसद भवनको ल्होत्से हलमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयका एक नेताले बताए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीसहित सबै दलका नेतालाई बोलाएका हुन् ।

यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : २५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र