काठमाडौँमा भेरोसेल खोप लगाउने काम स्थगित | Khabarhub Khabarhub

काठमाडौँमा भेरोसेल खोप लगाउने काम स्थगित


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोभिड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ ।

महानगरको सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप स्थगित भएको जनाएको छ ।

विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गरेको सूचनामा सूचनामा स्वास्थ्य सेवा विभागलाई उदृत गर्दै भनिएको छ, ‘जिल्लाका लागि छुट्याइएको संख्या सकिएको छ ।’

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० — ६४ बर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव ट्रेनिङमा रहेका नर्सिङ् र प्यारा मेडिक्स तथा यस अघि भेरो सेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उधृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको थियो ।

तालिकाअनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइसकिएको छ ।

भोलि अर्थात जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिहरु छुट्नेछन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : १२ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको