ओलम्पिक छनोटमा खेलप्रेमीको चासो | Khabarhub Khabarhub

ओलम्पिक छनोटमा खेलप्रेमीको चासो


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्ष स्थगित भएको ओलम्पिक खेल आउँदो जुलाईमा आयोजना हुँदै छ । जापानमा जनविरोध र चिकित्सकको चेतावनीका बाबजुद ओलम्पिक हुन लागेको हो । शक्ति राष्ट्रहरू यसको तयारीमा जुटेका छन् । चीन, अमेरिका र बेलायतसहित युरोपेली देश धमाधम तयारीमा छन् ।

सन् २०१९ को अन्त्यमा चीनबाट शुरू भएको कोरोना भाइरसबाट चीन आफैँ मुक्त हुन सफल भयो तर अन्य देशहरूका लागि सन् २०२० मात्र होइन, सन् २०२१ पनि त्यतिकै कठिन बनेको छ । महामारीसँग जुझ्दै तयारी गर्नु ती देशका खेलाडीका लागि त्यतिकै चुनौती छ ।

निःसन्देह, ओलम्पिक खेलमा सबैभन्दा बढी अंश एथलेटिक्स र पौडीको हुन्छ । धेरै देशले आफ्नो टोलीको छनोट गरिसकेका छन् । ‘युसेन बोल्ट र माइकल फ्लेप्स युग’ पछिको अबको नायक को हुने भन्ने कौतुहल पनि यो ओलम्पिकसँग जोडिएको छ । सर्वकालिक उत्कृष्ट ओलम्पियनको रूपमा यी दुईको समकक्षमा पुग्ने कोही खेलाडी अवश्य छ तथापि सिङ्गो खेल जगत सन् २०२० को दशकमै प्रभाव पार्न सक्ने खेलाडीको खोजीमा छ । यो पनि यसै ओलम्पिकले तय गर्नेछ ।

यो ओलम्पिक ट्रायलले केही नयाँ स्टारलाई उदय गराउने र यसले अमेरिकी टोलीको पनि उद्धार गर्ने आशा धेरैले गरेका छन् । विश्व जुनियर पौडी च्याम्पियनको पछिल्लो संस्करणमा सानदार प्रदर्शन गर्ने अमेरिकी टोलीका केही खेलाडी स्टारको रूपमा उदाउने आशमा त्यहाँका खेल अधिकारी छन् ।

सबैभन्दा धेरै पदक रहेका कारण एथलेटिक्स र पौडीको महत्व बढी हुनु स्वाभाविक हो । शायद सबैभन्दा वैज्ञानिक ठहरिएका यी खेलका अतिरिक्त जिम्न्यास्टिक र सुटिङको पनि महत्व छँदै छ ।

धेरै खेलमा को बलियो भनेर अहिले नै यकिन गर्न कठिन छ । एथलेटिक्स, पौडी, सुटिङ, भारोत्तोलन र आर्चरी जस्ता स्कोर केन्द्रित खेलमा कुन देशको अवस्था कस्तो छ भन्ने आँकडा निकाल्ने काम भइरहेको छ । विगतमा पौडी र एथलेटिक्समा पकड राखेको अमेरिकामाथि नै अहिले पनि सबैको चासो छ । एकातिर बोल्टको सन्यासपछि एथलेटिक्सको स्प्रीन्टमा पुरानो साख कायम राख्ने अवसर यो महाशक्तिका सामु छ भने पौडीबाज फ्लेप्सको सन्यासपछि पकड राख्न पनि चुनौती छ ।

केही दशक यता अमेरिकाले विश्व पौडीमा पकड गुमाउँदै गएको भनिए पनि फ्लेप्सका कारण यो धानिएको थियो । पछिल्ला तीन ओलम्पिकमा अमेरिकी पौडी टोलीले ४३ स्वर्ण जितेको थियो । यसमा १७ स्वर्ण फ्लेप्सले जितेका थिए । सन् २००४ मा उनले ६ स्वर्ण जितेका थिए ।

एकातिर स्टार खेलाडीको सन्यास, टोलीमा पुस्तान्तरणको समय भोगेको अमेरिका कोरोना महामारीको डरलाग्दो अवस्था पार गर्दै बिस्तारै यसबाट बाहिर आउँदै छ । अमेरिकाले आफ्नो देशको अधिक टोलीको छनोट जुन महिनामै गर्नेछ । अमेरिकामा हुने यो छनोटमा धेरैको ध्यान केन्द्रित हुनेछ ।

कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउनुपर्ने बाध्यतामा अमेरिकी खेलाडी पनि रहे । धेरै जना कोरोना संक्रमणबाट पनि गुज्रिए । यसले उनीहरूको प्रशिक्षणमा प्रतिकूल प्रभाव परेको थियो । यो एक वर्षमा अन्य देशका धेरै खेलाडीले प्रगति गर्दा अमेरिका कोरोनासँगको सङ्घर्षमा सीमित भयो ।

पछिल्लो समय व्यापक भ्याक्सिनेसनपछि सामान्य बन्दै गएको अमेरिका फेरि त्यही लय पक्रन सक्छ कि या सक्दैन भन्ने अनुमानका लागि ट्रायललाई धेरैले प्रतीक्षाका साथ हेरेका छन् ।

रिलेमा पकड राख्दै आएको अमेरिकाका लागि यस पटक थुप्रै चुनौती छन् । फ्लेप्स पछिल्ला चार ओलम्पिकमा तीन वटै रिलेमा अमेरिकी टोलीमा रहेका थिए । उनकै कारण अमेरिकाले सफलता पाएको थियो ।

यस पटक भने मिक्स मेडलेको रूपमा अर्को रिले स्पर्धा पनि थपिएको छ । यसमा अमेरिकामा भरपर्दो गरी टोलीलाई नेतृत्व दिने खेलाडीको अभाव पर्ने त होइन भन्ने चिन्ता रहेको छ । स्प्रीन्टर केलेब ड्रेसेलले तीन रिलेमा अमेरिकी टोलीलाई साथ दिने भए पनि २ सय मिटर फ्रिस्टाइलमा उनी पौडिए धेरै दबाब परेर व्यक्तिगत स्पर्धामा त धक्का लाग्ने होइन भन्ने चासो धेरैको छ ।

यो ओलम्पिक ट्रायलले केही नयाँ स्टारलाई उदय गराउने र यसले अमेरिकी टोलीको पनि उद्धार गर्ने आशा धेरैले गरेका छन् । विश्व जुनियर पौडी च्याम्पियनको पछिल्लो संस्करणमा सानदार प्रदर्शन गर्ने अमेरिकी टोलीका केही खेलाडी स्टारको रूपमा उदाउने आशमा त्यहाँका खेल अधिकारी छन् ।

आसन्न ओलम्पिकमा डाइभिङमा १२ जनामध्ये अमेरिकाले ११ कोटा पाएको छ । सबै कोटा पाउने देश चीनमात्र रहेको छ । गत दशकमा सबैभन्दा सफल अमेरिकी डाइभर डेभिड बुडियाप्रति धेरैको चासो छ । यी दुईले गर्ने प्रतिस्पर्धा धेरैका लागि चासोको विषय हुनेछ ।

यसै गरी, जुनमै १९ देखि २३ सम्म क्यानडाको पनि छनोट हुँदै छ । यसै महिनाको १२ देखि अस्ट्रेलियाको छनोट हुँदै छ । क्यानडा र अस्ट्रेलियाको छनोट प्रक्रियाभन्दा अमेरिकाको फरक छ । अमेरिकाले यसै छनोटलाई स्वतः आधार मानेको छ भने धेरै देशले गत विश्व च्याम्पियनसिपका पदकधारीलाई छनोट गर्ने नीति लिएका छन् ।

अमेरिकाको ट्र्याक एन्ड फिल्ड छनोट पनि जुन महिनामै हुनेछ । जुनको १८ देखि २७ को बीचमा ट्र्याक एन्ड फिल्ड छनोट हुनेछ । एथलेटिक्सको हकमा भने अमेरिका विगतको भन्दा आशावादी देखिएको छ । यो आशाको मुख्य कारण भनेको जमैकामा भएको पुस्तान्तरण हो । युसेन बोल्ट सहितको स्वर्णिम स्प्रीन्ट युगको समाप्तिसँगै अमेरिका फेरि लयमा फर्कने देखिएको छ ।

दुई सय मिटरमा नाय नोयल्स र सय मिटरमा ट्रेभन ब्रोमेलको फर्मले अमेरिकामा उत्साह थपिएको छ । कतिसम्म भने सय मिटरमा यो वर्ष सबैभन्दा छिटो गतिमा दौडने ६ जनामा ५ जना अमेरिकी छन् । पुरुष २ सय मिटरमा शीर्ष ९ मा ७ जना अमेरिकी छन् । चार सय मिटरमा शीर्ष ९ मा ८ जना अमेरिकी छन् । यसकारण पनि अमेरिकाको यो छनोटमा धेरैको चासो छ ।

महिलातर्फ जमैकाकी सानी अल फ्राजियरले केही दिनअघि शीर्ष बरियता हात पारेकी छन् । दोस्रो बरियताकी साकारी रिचर्डसनले यो छनोटमै झन छिटो दौडिएर शीर्ष बरियतासहित ओलम्पिकमा सहभागी हुने हो कि होइन भन्ने चासो धेरैको छ । ओलम्पिकमा पनि अमेरिका र जमैकाकै बीचमा रिले र एकलमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएकाले पनि धेरैको चासो अमेरिकी छनोटमा छ ।

अमेरिकी टोलीकी ४ सय मिटर हर्डल्सकी डालिया मोहम्मद लामो समयको चोटपछि खेलमा फर्किएकी छिन् । यो स्पर्धामा पनि अमेरिकाको पकड विश्वस्तरमा त्यतिकै रहेको छ । जम्पमा अमेरिकाको पकड कायम रहला कि नरहला भन्ने अनुमान पनि यसै ट्रायलपछि हुनेछ ।

हाई जम्पमा अमेरिकाकै एरिक कनार्ड अहिले अमेरिकीमध्ये चौथो बरियतामा छन् । उनको पुनरागमनको सम्भावना यसै ट्रायलबाट आँकिनेछ । पोल भोल्टमा स्विडेनका अमान्डा डुप्लान्ट्स निःसन्देह आगामी ओलम्पिकमा हेर्न लायक खेलाडी हुनेछन् । उनलाई चुनौती दिन कुनै अमेरिकी तयार हुन्छ कि हुन्न भन्नेमा पनि धेरैको चासो हुनेछ ।

बुडियामा धेरै पदक जित्ने अमेरिकी खेलाडीको कोटीमा आफूलाई उभ्याउन त असफल होलान् तर धेरै पटक सहभागी हुने खेलाडीको रूपमा उनको कीर्तिमान रहनेछ । यी कुराको टुङ्गो अबको केही सातामा लाग्नेछ।

ट्रिपल जम्पमा यो सिजन शान्त रहेका क्रिस्चियन टेलर कुन स्वरूपमा रहेका छन् भन्नेमा धेरैका लागि चासो छ । यो सिजनको अमेरिकी छनोटको सबैभन्दा मुख्य आकर्षण भनेको महिला ह्यामर थ्रो रहनेछ । यस स्पर्धामा विश्व बरियताका शीर्ष चार खेलाडी अमेरिकी छन् । यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने दुई जना रहेका छन् ।

अमेरिकाकै जिम्न्यास्टिक टोलीको छनोट जुन २४ देखि २७ का बीचमा हुनेछ । अमेरिकी स्टार सिमोन वाइल्स लगायत टोली कुन रूपमा रहला भन्नेमा धेरैको चासो छ । सन् २०१५ देखि विश्व जिम्न्यास्टिकमा पकड राख्दै आएकी सिमोन वाइल्सका लागि अमेरिकाकै मोर्गान हर्डको चुनौती धेरैले हेरेका छन् । केही वर्षयता महिला जिम्न्यास्टिकमा यी दुईको प्रतिस्पर्धा छ ।

अमेरिकी पकड भएको विगतदेखि नै कमजोर मानिएका खेलमा पनि मानिसहरूको चासो रहेको छ । कतै नयाँ खेलाडीको उदय हुँदै अन्य देशको परम्परागत पकड भत्काइहाल्छन् कि भन्ने चासो छ । त्यो चासो डाइभिङमा पनि छ ।

आसन्न ओलम्पिकमा डाइभिङमा १२ जनामध्ये अमेरिकाले ११ कोटा पाएको छ । सबै कोटा पाउने देश चीनमात्र रहेको छ । गत दशकमा सबैभन्दा सफल अमेरिकी डाइभर डेभिड बुडियाप्रति धेरैको चासो छ । यी दुईले गर्ने प्रतिस्पर्धा धेरैका लागि चासोको विषय हुनेछ ।

बुडियामा धेरै पदक जित्ने अमेरिकी खेलाडीको कोटीमा आफूलाई उभ्याउन त असफल होलान् तर धेरै पटक सहभागी हुने खेलाडीको रूपमा उनको कीर्तिमान रहनेछ । यी कुराको टुङ्गो अबको केही सातामा लाग्नेछ।–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ८ : ४७ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा