प्रकाश संक्रमणमुक्त, लेख्छन्,‘कोरोना जित्न सकिन्छ’ | Khabarhub Khabarhub

प्रकाश संक्रमणमुक्त, लेख्छन्,‘कोरोना जित्न सकिन्छ’


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुत कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको १२ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आफूसँगै आफ्नो भाई देवेन्द्र पनि संक्रमणमुक्त भएको उल्लेख गरेका छन् । उनकी आमा भने अझैं संक्रमित नै छिन् ।

‘नाता र भावनाले जोडिएका आफन्त इस्टमित्र एंव कलाकारितामार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । भाइ देवेन्द्र र म निको भएका छौं । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यबाद ! कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाड्न चाहन्छौ ।’ उनले लेखेका छन् ।

प्रकाशले आमा संक्रमित भए पनि बलियो आत्मविश्वासका साथ जुधिरहेको उल्लेख गरेका छन् ।

‘आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पीडादायक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ !’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : २० बजे

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार