ओखलढुंगा उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड अस्पताल बनाइयो | Khabarhub Khabarhub

ओखलढुंगा उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड अस्पताल बनाइयो


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओखलढुंगा उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि संघले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो ।

संघले कार्यालयमा दश आइसोलेशन श्यया राख्ने तयारी गरेको र ती श्ययाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । ती अक्सिजन निःशुल्क सहयोग गरिने र जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए ।

जिल्लाका प्रायः सङ्क्रमित होम आइसोलेशनमै छन् । सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइसोलेशन र अक्सिजनको अभाव हुने जोखिम रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ४५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।