एनआरएनएले मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउँदै | Khabarhub Khabarhub

एनआरएनएले मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउँदै


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ ।

नेपालमा अस्वाभाविक रूपमा फैलिएको कोरोना महामारी र महामारीका कारण जनमानसमा देखा परेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउन लागेको हो।

एनआरएनए मध्यपूर्वबाट कोभिड -१९ विषम परिस्थितिमा सिंगो ‘मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने मूल नाराका साथ सहयोग गर्न लागेको यस अभियानका संयोजक तथा एनआरएनएका सचिव राजेन्द्र कुमार शर्माले बताए ।

६ सय थान अक्सिजन सिलिन्डर ओमान हुँदै अबको एक हप्तामा नेपाल पठाईने संयोजक शर्माले भर्चुल माध्यमबाट भएको पत्रकार सम्मेलन जानकारी दिए ।

५५० अक्सिजन सिलिन्डर तयार भैसकेको र बाँकी ५० पनि जम्मा गर्ने काम भईरहेको तथा नेपाल पठाउनको लागि कार्गो विमान कुराकानी भईरहेको एनआरएनए ओमानका अध्क्षय विकल झाले बताए ।

अक्सिजन सिलिन्डर नेपाल पठाउन ओमान सरकारको अनुमति लिनु पर्ने भएकाले यसको सम्पूर्ण काम नेपाली राजदूत शर्मीला पराजुली ढकालले गरिरहेकाले चाँडै कानुनी प्रक्रिया पुर्‍याएर स्वदेश पठाइने अध्यक्ष झाले बताए ।

नेपाल सरकारको तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा बिरामीले अस्पतालमा शय्या नपाउँदा मृतकको सङ्ख्या दिन प्रतिदिन बढीरहेकाले सहयोग अति आवश्यक रहेको एनआरएनए केन्द्रीय प्रबक्ता डिबी क्षेत्रीले बताए ।

एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले यो अभियान एनआएनएको मात्र नभएर मध्यपूर्वमा रहेका करिव २० लाख नेपाल तथा विभिन्न संघसस्थाहरुको पनि रहेको भन्दै महामारीमा सहयोग गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ५५ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल