चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।

ट्याक्टरमा २२ जनाभन्दा बढी सवार रहेको उनले बताए । दुर्घटनामा केही घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जाकारी दिए ।

दुर्घटनमा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका