विविध कार्यक्रम गरी 'नेपाल विकास अनुसन्धान प्रतिष्ठान'ले वार्षिकोत्सव मनाउँदै | Khabarhub Khabarhub

विविध कार्यक्रम गरी ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’ले वार्षिकोत्सव मनाउँदै


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले यही चैत्र ३१ गते विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने भएको छ ।

१८ औँ वर्ष पूरा गरी १९ औँ वर्ष प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेपालमा आवश्यक पर्ने नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ वि.स. २०६० मा स्थापना भएको गैर नाफामूलक, गैर राजनितिक सोच केन्द्र (थिंक टयांङ्क) हो ।

नेविअप्रले द्रुत आर्थिक विकासका लागि अनुसन्धान अपरिहार्य हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै देशको नीति नियम निर्माणमा नेपाल सरकार र अन्य सरोकारवालालाई आवश्यक सहयोग पुर्‍याउँदै आएको छ ।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता रहनेछ । सो अवसरमा उनले “सामजिक न्याय, सुशानस र विकास”का विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै उक्त समारोहमा प्रतिष्ठानद्वारा तयार पारिएको ‘सर्टिङ नेटवर्क’ सम्बन्धी शैक्षिक सामाग्रीहरू वितरण गरिने जनाइएको छ । यी सामग्रीहरू विद्यालयस्तरका बालबालिकाहरूलाई कम्प्युटर शिक्षा पठनपाठनको लागि विशेष उपयोगी रहेका छन् ।

उक्त कार्यक्रममा पररास्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति रहनेछ साथै कार्यक्रममा पूर्वमन्त्री, सचिव, पूर्वसचिव, विश्व विद्यालयका उपकुलपति, पूर्व उपकुलपति, विदेशी कुटनीतिज्ञहरू, विद्वत वर्ग, विकासकर्मी, नागरिक समाज, राजनीतिज्ञ लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातवरण, भाषा, जलवायु परिवर्तन सम्बन्धी सामग्रीहरुको समते प्रदर्शन गरिने छ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ५३ बजे

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित