मेयर्स कप क्रिकेट : काठमाडौँलाई हराउँदै एपीएफ फाइनलमा | Khabarhub Khabarhub

मेयर्स कप क्रिकेट : काठमाडौँलाई हराउँदै एपीएफ फाइनलमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी मेयर्स कप क्रिकेटको उपाधिका लागि दुई विभागीय टिम पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन्।

एपीएफले बिहीबार भएको खेलमा काठमाडौं मेयर ११ लाई ७ विकेटले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो। पुलिस क्लब यसअघि नै फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।

मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले।

शरदले अविजित रहदै ६१ रन बनाउँदा सन्दीप ६२ रनमा अविजित रहे। यस्तै शंकर रानाले ३१ रन जोड्दा भुवन कार्कीले ११ रन बनाए। पवन सर्राफ भने शून्य रनमा आउट भए। काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो। काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए। यस्तै हरिशंकर साहले ३६ रन जोड्दा खडक बोहराले १३ रन बनाए।

बिक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए। एपीएफका कमल सिंह ऐरी र अविनास बोहराले ३–३ विकेट लिए।

यो जितसँगै एपीएफले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो। एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो। पुलिसले पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो।

पुलिस नेट रन रेटको आधारमा पुलिस भन्दा अघि रहेको थियो। पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : २० बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको