झापाका बालबालिका पढाउदै ‘मिस युनिभर्स नेपाल’अंशिका | Khabarhub Khabarhub

झापाका बालबालिका पढाउदै ‘मिस युनिभर्स नेपाल’अंशिका


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२० की ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले आफ्नो नाममा स्थापित अंशिका शिक्षा कल्याण फाउन्डेसनबाट झापाका १४ बालबालिकालाई पढाउने भएकी छन् ।

उनले ‘मिस युनिभर्स नेपाल–२०२०’ हुँदा पाएको १० लाख रुपैंयाँ पुरस्कारलाई ट्रस्टका रुपमा स्थापना गरेर बालबालिकामाझ खर्च गर्ने जनाएकी छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै फाउन्डेसनमार्फत झापाका १४ बालबालिकालाई विद्यालय शुल्क, पोशाक, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, यात्रा, बालिकाको स्वास्थ्यसम्बन्धी औषधीजन्य सामग्रीलगायत सामग्री सेवा पुर्‍याउने खुलाएकी छन् ।

यसअघि अंशिका र उनका साथीहरू मिलेर जुम्लामा १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

झापा घर भएकी अंशिकाले प्रारम्भिक अवस्थामा फाउण्डेसनको कार्यक्षेत्र झापालाई नै बनाउने भएकी छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ३३ बजे

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ