मनीषाले ल्याइन् ‘महामृत्युञ्जय मन्त्र’ | Khabarhub Khabarhub

मनीषाले ल्याइन् ‘महामृत्युञ्जय मन्त्र’


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रीको अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् ।

गीतमा मनिषासँगै सुर–सुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् ।

गीतमा सुरेन्द्र श्रेष्ठको संगीत छ । वाद्यवादनमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितार छ । गायिका मनीषाले मन्त्र मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि तयार गरिएको बताइन् ।

टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका छन्। भिडियोमा उज्ज्वल जोशी र जावेद खानको छायांकन छ ।

भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा छायांकन गरिएको छ । गीतका रेकर्डिष्ट दीप तुलाधर हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ४ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०