महांकाल शिवको प्रिय दिन | Khabarhub Khabarhub

महांकाल शिवको प्रिय दिन

कालकुट विष मात्र होइन अमृत पनि हुन् शिव



शरीरमा भष्म, गलामा सर्प, शिरमा चन्द्रमा, जटामा गंगा र हातमा त्रिशूल र डमरू धारण गरेका भगवान हुन् महादेव ।

निराकार, निर्गुण, गंगाधर र चन्द्रशेखर हुन् महादेव । त्रिलोचन पनि उनै हुन्, नटराज पनि उनै । कपुर समान गोरो वर्ण, निलकण्ठ, नेत्रमा परमानन्द र मुखमा सोझोपन उनी सुन्दरताका परिभाषा हुन् ।

उनै सम्पूर्ण जगतका निरञ्जन हुन्, उनी विकराल काल पनि । अमर छन्, अनि प्रत्येक मृत्युमा मर्छन् पनि । प्रलय, बन्धन र मुक्ति पनि उनै हुन् । कालकुट विष मात्र होइन अमृत पनि उनै ।

प्रकाशसँगै अन्धकार पनि हुन महादेव । द्विविधा र समाधान दुवै महादेव हुन् । शान्ति र अशान्ति दुबै महादेव हुन् । ब्रम्हा, नारायणमात्र होइन देवका देव पनि महादेव नै हुन् । उनै देवादीदेव महादेवको आज विशेष दिन, महाशिवरात्रि ।

हिन्दू मान्यता अनुसार संसारका सृष्टिकर्ता ब्रह्माजी हुन् भने पालनकर्ता विष्णु र संहारकर्ता भगवान् शिव हुन् । शिव जो विनाश गरेर संसारलाई सन्तुलित राख्छन् । उनको न आदी छ न त अन्त ।

कालोपरी पञ्च महाभुतका नाथ भूतनाथ पनि भगवान शिव नै हुन् । कैलाश पर्वतका शिव सारा ब्रमाण्डमा निवास गर्दछन् । उनी सर्वव्यापी छन् । नीलकण्ठ, जटाधारी, गङ्गाधर, भष्मांगर, बाघम्बर, नगेन्द्र हार, डमरू तथा त्रिशुल बोक्ने, नन्दी चढ्ने, कैलासमा बस्ने, पार्वतीका पति, तृनेत्र धारी भगवान शिवको प्रिय दिन आज महाशिवरात्रिमा पशुपतीनाथसहित विश्वभरका शिवालयमा उनको विशेष आराधना हुदैछ ।

शिवलिंग भगवान शिवको प्रतीक हो । शिवको अर्थ कल्याणकारी र लिंगको अर्थ सिर्जना । अर्थात नयाँ सिर्जनाको रुपमा शिवलिंगको पूजा गरिन्छ । शिवलाई जीव अर्थात प्राण भनिन्छ । उनको निराकार स्वरुपलाई शिवलिंगको पूजामा केन्द्रित गरिन्छ । किनभने सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति पनि शिव नै हुन् ।

भगवान शिव अनन्तकालका प्रतीक मानिन्छन् । धार्मीक मान्यता अनुसार शिवलिंग ब्रह्माण्डका प्रतीक हुन् । शिव नै महादेव, भोलेनाथ, आदिनाथ, पशुपतिनाथ र शंकर हुन् । पौराणिक ग्रन्थ अनुसार भगवान शिव आदिदेव हुन् । वेदमा शिवलाई रुद्र भनिएको छ । रुद्रको अघिपछि भूतप्रेत, पिसाच, नन्दी लगाए हिँड्ने महाकाल शिवको आराधनाको महापर्व नै शिवरात्रि हो ।

शिव अनादि हुन्, सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनी काल, महाकाल पनि हुन् । शिव व्यक्तिको चेतनाको अन्तर्यामी छन् । जसलाई जगाउने र उनै शिव र शक्तिको मिलनको पर्वका रुपमा महाशिवरात्रि पर्व मानिन्छ । यस पर्वको हिन्दू धर्ममा विशेष महत्व छ ।

हिन्दु मान्यता अनुसार महाशिवरात्रिमा भगवान शिवको सच्चा मनले आराधना गरे जीवनका सारा कष्ट नष्ट हुनेछ । उनै शिवको प्रिय दिन फाल्गुन महीनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्ने महाशिवरात्रि पर्व हो ।

यस दिन शिवको विधि–विधानपुर्वक पूजा गरी व्रत बसे भगवान शिवको कृपाले सम्पुर्ण मनोकामनासहित सौभाग्य, समृद्धि र सन्तानको प्राप्ति हुने मान्यता छ ।

शिवरात्रिका दिन नै भगवान शिव र माता पार्वतीको विवाह भएको केही धार्मीक कथाहरुमा उल्लेख छ ।

महाशिवरात्रिमा भगवान शिवको आराधना गर्दा वा विधिविधान पुर्वक व्रत बस्दा श्रद्धालुको सबै मनोकामना पुरा हुने विश्वास छ । यस दिन चार प्रहरमा पूजा गर्नु फलदायी मानिन्छ ।

भगवान शिवको चार प्रहरको पूजा जीवनका चार अंग–धर्म, काम, अर्थ र मोक्षलाई नियन्त्रित गर्ने मान्यता छ ।

भगावन शिवलाई भोलेनाथ पनि भनिन्छ । भोलेनाथ यस कारण शिवपुराण अनुसार शिव भक्तको आस्था र भक्तिले उनी छिट्टै र सजिलै प्रसन्न हुन्छन् ।

शिवलिंगमा केवल शुद्ध जल वा अक्षताका ४ दाना मात्र अर्पण गरेमा पनि शिव चाँडै प्रसन्न हुने मान्यता छ । जल अर्पण गरी बेल पत्र चढाएर पूर्व वा उत्तर दिशामा फर्केर शिव मन्त्रको जप गरे मनोवाञ्छित फल प्राप्त हुने हिन्दु धार्मीक मान्यता छ ।

शिव प्रसन्न पार्ने केही मन्त्र निम्न छन् ।

– ॐ नमः शिवाय
– ॐ नमो  भगवते वासुदेवाय 
– ॐ राम राहवे नमः
– ॐ पार्वतीपतये नमः
– ॐ नीलकण्ठाय नम:

महामृत्युंज्य मंत्र
ॐ त्रयंम्बकं यजामहे सुगंधिं पुष्टिवर्धनं !
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् !!

शिवरात्रिको व्रत बसे समस्त तीर्थहरूको स्नान गरे समानको फल प्राप्त हुने मान्यता छ । शिवरात्रिको व्रत गर्ने यस लोकको समस्त भोगहरूलाई भोगेर अन्तमा शिवलोकमा जान पाइने शास्त्रमा उल्लेख छ । तसर्थ महाशिवरात्रिमा सहजै प्रसन्न हुने देवादीदेव महादेवको आराधना गर्न केवल शिवलिंगमा बेलपत्र चढाउदा मनोवाञ्छित फल प्राप्त हुने मान्यता छ ।

शिवपुराण अनुसार शिवलिंग भगवान शिवको एक निराकार रूप हो । उनी जो छैनन् उनै हुन् । शास्त्रको मान्यता अनुसार, शिवलिंगमा जल अर्पण गरेमा शारीरिक र मानसिक कष्ट नष्ट हुने उल्लेख छ । जलका अलावा शिवलिंगमा दूधको अभिषेक समेत उत्तम मानिन्छ ।

उनै अविनाशी, विश्वनाथ, पशुपतीनाथ देवादीदेव महादेव महांकाल शिवको प्रिय दिन महाशिवरात्रिको सबैमा शुभकामना ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : २८ बजे

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले