रामकुमारी झाँक्री रिहा | Khabarhub Khabarhub

रामकुमारी झाँक्री रिहा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) दाहाल–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

प्रहरीले उनलाई पक्राउ परेको साढे ५ घण्टापछि रिहा गरेको हो । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।

श्रीमान् पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।

रिहाइपछि नेतृ रामकुमारी झाँक्रीले लोकतन्त्रका पक्षधरसामु सरकार झुकेको प्रतिक्रिया दिएकी छिन् ।

‘मेरो विरुद्ध कुनै जाहेरी दर्ता भएको थिएन, राजनीतिक प्रतिशोधका कारण मलाई नियन्त्रणमा लिने प्रयास गरेको रहेछ । पछिल्लो प्रतिगमनविरुद्धको आन्दोलमा मैले जसरी देशव्यापी उपस्थित हुँदा प्रस्तुत भएँ यसलाई ह्यार्‍यास्म्यान्ट गर्ने उद्देश्यले यो कदम चालिकएको जस्तो लाग्यो , ‘उनले भनिन् ,’यहाँ अरु केही भएन, दिनभरी सबैले दिनुभएको सहयोग र बढाउनुभएको दबाबका अगाडि प्रतिगमन झुकेको छ, हामीले जितेका छौँ, म यहाँबाट विनाशर्त निस्केको छु ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताइन् । संविधानको पुनर्स्थापनापछि उनले राजनीतिलाई स्थायित्व दिने बताइन ।

राष्ट्रपतिलाई दिएको अभिव्यक्तिबारे उनले भनिन्,‘ यो व्यक्तिभन्दा पनि प्रवृत्तिको लडाइँ हो ।’

प्रहरीले झाँक्रीलाई शंखमूलस्थित उनकै निवासबाट आज दिउँसो नियन्त्रणमा लिएको थियो । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोधसँगै र सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : २८ बजे

बालाजु बाइसधारा मेला सुरु

काठमाडौँ– काठमाडौँको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि)

कतारका राजा, हाम्रो देश !

कतारका राजा आउने पूर्वसन्ध्यामा अव्यवस्थित तारसमेत नहटाई काठमाडौंको सडकमा टाँगिएको

अब सम्झनामा देश नफर्किएका अन्तरिक्ष यात्री फारिस

‘अरबका आर्मस्ट्रङ’को रूपमा परिचित सिरियाका एक्लो अन्तरिक्ष यात्री मोहम्मद फारिसको

६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा– झापाको झापा गाउँपालिकाले ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

शुक्लाफाँटामा बाघको संख्या बढ्यो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ