अध्यागमनले भन्यो – भिजिट भिसाको विषय निर्णय भएको छैन | Khabarhub Khabarhub

अध्यागमनले भन्यो – भिजिट भिसाको विषय निर्णय भएको छैन


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले नेपाली महिलालाई भिजिट भिसामा जाँदा परिवारका सदस्य तथा स्थानीय तहको सिफारिस चाहिने विषय सत्य नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘विभागको आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीयतहको सिफारिसको आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारहरुका सम्बन्धमा यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाचारमा आएजस्तो विषय नभएको भन्दै अध्यागमन विभागले विज्ञप्तिमा लेखेको छ, ‘यो विषय समाचारमा आएको जस्तो नभइ खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तनरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयमा बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।’

विज्ञप्ति हेर्नुहोस्

यो पनि पढ्नुहोस्

महिलालाई विदेश जान नियन्त्रण गर्ने सरकारी प्रयास

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ३८ बजे

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि