सशस्त्रको डीआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिन्ह प्रदान  | Khabarhub Khabarhub

सशस्त्रको डीआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिन्ह प्रदान 


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा पदोन्नति भएका ६ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका ९ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

गृहमन्त्रालयको मन्त्रिस्तरको यही पौष २४ गतेको निर्णयले ६ जना अधिकृतहरु सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति गरेको थियो भने पौष २४ गतेकै निर्णयले ९ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर गरेको थियो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नति बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व पुरा गर्न पूर्ण व्यावसायिक भई इमान्दारिताकासाथ कार्यक्षेत्रमा कृयाशील रहनुपर्ने बताए ।

उनले राष्ट्र र संगठनको लागि आफ्नो ज्यानको समेत आहुती दिएका अमर सशस्त्र प्रहरीहरुको त्याग र बलिदानको सम्मान हुने गरी ईमान्दारिताकासाथ जिम्मेवारी निर्वाहमा लाग्नुपर्ने चर्चा गर्दै सशस्त्र प्रहरी अधिकृतहरुले आफू मातहतकालाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै कुशल नेतृत्व प्रदान गरी आगामी दिनमा अझै परिस्कृत भएर राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा परेकाहरुको उद्वार कार्यमा सकृय रहनुपर्ने उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशील रहनुपर्ने उल्लेख गरे ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले