ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको अध्यक्ष नेपालको आरोप | Khabarhub Khabarhub

ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको अध्यक्ष नेपालको आरोप


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।

काठमाडौँमा प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक संगठनहरुले सोमबार गरेको नागरिक भेलामा उनले लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलील आघात पुर्‍याएको आरोप लगाएका हुन।

संविधानलाई मिच्दै संसद विघटन गरेर ओलीले लोकतन्त्रको मूल्यमान्यतामाथि आघात पुराएको बताए ।

पौष ५ गते प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्म विपरित भएकै कारण संघर्ष गर्नुपरेको उनको तर्क थियो ।

उनले पदमा रहदा पदीय दायित्व पूरा नगरेका कारण अध्यक्ष केपी ओलीलाई कारबाही गरिएको जिकिर गरे ।

समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट ओली विचलित भएको उनको आरोप थियो ।

अध्यक्ष नेपालले निर्वाचन आयोग कुनै व्यक्तिको लहडमा नचल्ने चन्दै ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्ने दाबी गरे ।

उनले ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : १३ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा