कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउँछौँ, न्यायपूर्ण रुपमै वितरण हुन्छ : मन्त्री त्रिपाठी | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउँछौँ, न्यायपूर्ण रुपमै वितरण हुन्छ : मन्त्री त्रिपाठी

खोप निशूल्करुपमा लगाउने प्रतिवद्धता


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड-१९ विरुद्धको खोप छिटोभन्दा छिटो ल्याउने तयारी गरेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप ल्याउनका लागि तयारी तीव्र भएको जानकारी दिएका हुन् । उनले भने, ‘निश्चित हुनुस् खोप आउँछ, निशुल्क रुपमा खोप लगाउँछौँ ।’

उनले कोरोना विरुद्धको खोपका लागि १६ हजार खोप केन्द्र बनाउने जानकारी दिए । यस कार्यक्रमका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने बताए ।

उनले भने,’ हामी खोपसँग सम्बन्धित विभिन्न कार्य गरिरहेका छौं,ढुक्क हुनुहोस् खोप आउँछ ।’

उनले खोपको आयात अन्य व्यापारिक वस्तुको जस्तो नरहेको बताउँदै यो राजनीतिक वस्तुका रुपमा विकासित भएको हुँदा खोप विकास गर्ने राष्ट्रका राजदूतहरुसँग छलफल भइरहेको जानकारी दिए ।

कोरोना विरुद्धको खोप ल्याउने विषयमा उनले भारत, रुस र यूएईका राजदूतसँग छलफल गरेको जानकारी गराए । मन्त्री त्रिपाठीले खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

उनले निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि अनुमति दिइने उनले बताए ।

खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने उल्लेख गरे । कोरोना भाइरसविरुद्धको खोपका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको उनले बताए ।

उनले भने, ‘नीतिगत कामबारे तयारी पूरा भएको छ। बाँकी काम छिटै समाधान गर्ने योजनामा सरकार छ ।’

उनले खोपका विषयमा सरकार गैर जिम्मेवार बनेको भन्ने आरोप झुठो सावित गर्ने समेत दाबी गरे । खोप खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने प्रतिवद्धता व्यक्त गरे ।

उनले कोरोना विरुद्धको भ्याक्सिन ल्याउन कानूनी रूपमा जटिलता निराकरण गरिएको र अर्थले मन्त्रालयले रकम सुनिश्चितता गरेको बताए ।

‘हामी छिटोभन्दा छिटो खोप ल्याउन हामी अघि बढेका छौँ। खोपको वितरण पारदर्शी र समतामूलक हुनेछ। केही समयमा नै यो प्रक्रिया पूरा हुन्छ,’ उनले भने, ‘यो अभियानका रूपमा हामीले लिएका छौँ। जनताको जीवनसँग जोडिएको महत्वपूर्ण कामका रूपमा सरकारले लिएको छ। सबै प्रयत्न गरिरहेका छौँ। सबै तयारी भइसकेको छ।’

उनले कोरोनाविरुद्धको जोखिम नहटेको हुँदा सुरक्षा सावधानी अपनाउन आग्रह गरे । उनले हालसम्म जनताको स्वास्थ्य र जीवन जोगाउन अहोरात्र खटिनेहरुप्रत आभार प्रकट गरे ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : १२ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको