अमेरिका भाग्यवश प्रजातन्त्रकै कारण जोगिएको हो « Khabarhub
Logo
६ माघ २०७७, मंगलबार

अमेरिका भाग्यवश प्रजातन्त्रकै कारण जोगिएको हो



यसपछि पनि अमेरिकाले आफू कति भाग्यशाली छ भन्ने नदेख्न सक्छ ।

दुनियाँका धेरै जस्तो ठाउँमा ‘कु को प्रयासपछि’ अनिश्चितताको अवयव देखापर्छ–पसलहरू बन्द हुन्छन्, राष्ट्रपति गुप्तवासमा बस्छन्, टेलिभिजनमा प्रकृति सम्बन्धी वृत्तचित्र प्रशारण हुन्छ अथवा होटलका आधाभन्दा बढी कर्मचारी जागिरमा फर्किंदैनन् ।

अमेरिकाको कानून र कार्यक्षमताको असाधारणपनका कारण छोटा समयको पतनले व्यवस्थामा खास असर गरेन । बुधबारको ६ घण्टा सुरक्षा असफलताको विपत्तिपूर्ण क्षण थियो । सामान्य मतदाताहरूको तुष्टीकरण र विलगावको कारण कमजोर हुँदै गएको प्रजातन्त्र कस्तो हुन्छ भन्ने दृश्य थियो त्यो ।

यसका बाबजुद अमेरिकनहरू सापेक्षित व्यवस्थाका लागि उठे । यो प्रणाली रातारात समृद्ध भएको थिएन । समाचार प्रशारण गर्ने सञ्चारमाध्यमहरूले घटनाका विषयमा विविधता र पारदर्शीपूर्ण हिसाबमा वर्णन गर्दै थिए । भोट पाएपछि व्यवस्था सञ्चालन गर्ने व्यक्तिबाट जे अपेक्षा गरिएको थियो, त्यो पूरा हुँदै थियो ।

प्रत्येक बिहान डोनेट्स्कमा ब्युझिँदा मानिसले व्यवस्था गिर्दै गरेको देख्थे । वासिङ्टन डीसीमा यसको उल्टो सत्य थियो । व्यवस्था आफ्नै समस्या पहिचान गर्न व्यस्त छ । अमेरिकीहरू जो असाधरण सुविधासहित दैनिक जीवन बिताउँछन् । उनीहरूमध्ये केही मानिस यस्ता छन् जो क्यापिटल हिलमा भएको अक्रमणलाई ठीक ठान्छन् ।

अमेरिकनले यसलाई सम्भवतः हलुका रूपमा लिए । उनीहरू राष्ट्रपतिलाई गरिने आलोचना सुन्न टेलिभिजन खोल्दै थिए अथवा सुरक्षा फौज र पुलिसले भिड तितरविरत गरेको हेर्न । तर, उनीहरूले अपरिचतरूपमा आएको दबाबको महसुस शायदै गरे । अराजकताले सामान्यतया विकारलाई जन्म दिन्छ तर अमेरिकी आकाशमा धोका मडराइरहेको थियो ।

यो भन्न सहज छ कि बुधबार, जनवरी ६ का दिन, भएको घटनाले अमेरिकी प्रजातन्त्र उठ्नै नसक्ने गरी थेचारिएको छ । तर मस्को, बेइजिङ र तेहरानले यो घटनालाई अति उत्सुक भएर हेर्न बन्द गरेपछि यो घटनासँग जोडिएर आएको लचिलोपनलाई उनीहरूले याद राखे हुन्छ ।

हो, अमेरिकी कंग्रेसमा त्यहाँका गोरा जातिले बितण्ड मच्चाए किनकि उनीहरूलाई अमेरिकाको कानून उनीहरूको मात्रै हो जस्तो लाग्छ । चार वर्ष अमेरिकनहरूलाई डराउन पनि निकै मुश्किल थियो ।

ठूलो स्वरमा चिच्चाउनेले होइन, बहुमत शान्त मानिसले यो परिस्थितिको डटेर सामना गरे । त्यसैले केही समय भएको बितण्डाले अमेरिकाको प्रजातान्त्रिक व्यवस्था र यसको मूल्य मान्यता खारेज गर्न सकेन ।

प्रदर्शनकारीले समृद्ध प्रजातान्त्रिक व्यवस्थाले प्रत्याभूत गरेको अधिकार उलङ्घन गरे । यो अमेरिकी संस्करण बिग्रिएको बच्चाजस्तै छ, उसलाई सबै कुरा गर्न ‘स्वतन्त्र’ छु भन्ने छ तर उसको स्वतन्त्रता प्रत्याभूत गर्ने कानून र नैतिकताले हो भन्ने थाहा छैन ।

यदि यस्तो घटना अन्य देशमा हुन्थ्यो भने त्यहाँ दमनको घटना हुन्थ्यो जहाँ काल्पनिक आरोपलाई लिएर अदालत सक्रिय हुने अवस्था बन्थ्यो । अमेरिकामा भने हिंसाको यस्तो दृश्य पनि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । शायद यो प्रजातान्त्रिक व्यवस्थाकै उपज हो ।

बुधबारको घटनालाई ‘कु को प्रयास’ भन्ने पुरानो व्याख्याले समेट्न सक्दैन । खासमा कुको प्रयास भन्ने शब्द सैनिक अथवा सुरक्षा फौजले सत्तामा रहेको व्यक्तिको सट्टामा अथवा व्यवस्था परिवर्तनका लागि गरेको प्रयासलाई भनिन्छ ।

ट्रम्पले विश्वभरकै प्रजातान्त्रिक मूल्य मान्यतालाई यसरी अपमान गरेका छन् कि त्यो हदसम्म गर्छन् भनेर मैले सोचेको पनि थिइनँ । त्यसैले राष्ट्रपतिमा निर्वाचित बाइडनले प्रजातन्त्र ‘कमजोर’ भएको छ भन्ने अधिकार राख्छन् । यो बहुमूल्य र प्रभावकारी छ । हाललाई यसले काम गर्छ । ट्रम्प र उनले उत्पादन गरेको आन्तरिक आतंकवाद हाललाई असफल भएको छ ।

अमेरिकाको राजधानीमा भएको घटना कु त थिएन, यद्यपि हठात् भएको त्यस्तो कार्यलाई सम्बोधन गर्ने उपयुक्त शब्दको अभावमा कु भन्ने शब्द प्रयोग गरिएको हुनुपर्छ । तर, कम विशेषाधिकार प्राप्त पूर्वसोभियत संघ जहाँ स्वतन्त्रताको सानो आभाससम्म गर्न पनि मुश्किल थियो । त्यसले अमेरिकाको हालैको घटनालाई कुसँग दाँज्न खोज्नु भनेको अमेरिकीहरूको अपमान गर्न खोज्नु सिवाय अरू केही होइन ।

यो कुनै ‘कलर रिभोलुशन’ जस्तै ‘ओरेन्ज रिभोलुशन’ थिएन जुन सन् २००४ मा युक्रेनमा भएको थियो । त्यहाँ लाखौँको संख्यामा मानिसहरू चिसो महिनामा सडकमा उत्रिएका थिए जसले प्रदर्शनका माध्यमबाट कपटपूर्वक भएको निर्वाचन सफलतापूर्वक उल्टाएका थिए । न त यो सन् २००५ मा काजकास्तानमा भएको जस्तो ‘टुलिप’ प्रदर्शन नै थियो ।

यो ती प्रदर्शनभन्दा नराम्रो थियो । यसले मलाई सन् २०१४ मा युक्रेनमा भएको आन्दोलनको झल्को दियो । जहाँ रुसी समर्थक प्रदर्शनकारीको एक समूहले डोनेट्स्क र स्लोवेस्कनका स्थानीय प्रशासनमा बलपूर्वक आफ्नो पकड बनाएका थिए । रक्सीले मात्तिएका मानिसले चिच्याउँदै गरेको आन्दोलनले गृहयुद्धकै स्वरूप लियो जहाँ हजारौँ मानिसको मृत्य भयो ।

त्यसक्रममा सञ्चारमाध्यमा पनि आक्रमण भएको थियो । क्रिमियामा त्यसभन्दा अघि नै आक्रमण भएको थियो । यो सुनियोजित हिसाबमा मस्कोले क्रिमियालाई आफ्नो भागमा गाभ्न तयार गरेको योजना थियो ।

प्रत्येक बिहान डोनेट्स्कमा ब्युझिँदा मानिसले व्यवस्था गिर्दै गरेको देख्थे । वासिङ्टन डीसीमा यसको उल्टो सत्य थियो । व्यवस्था आफ्नै समस्या पहिचान गर्न व्यस्त छ । अमेरिकीहरू जो असाधरण सुविधासहित दैनिक जीवन बिताउँछन् । उनीहरूमध्ये केही मानिस यस्ता छन् जो क्यापिटल हिलमा भएको अक्रमणलाई ठीक ठान्छन् ।

संयुक्त राज्य अमेरिकाका मित्र र शत्रु देशले यो अवस्थाका विषयमा विश्वभर नै चर्चा गर्नेछन् । उनीहरूले यसलाई चीनको उदयलाई सहयोग पुग्ने घटनाका रूपमा लिनसक्छन् अथवा पुटिनलाई अर्को दशक पनि सत्तामा रहने अवसरको रूपमा यसलाई व्याख्या गर्लान् ।

हुनसक्छ भेनेजुयलाका राष्ट्रपति निकोलस मुडुरो अझ शक्तिशाली भएको आभास गर्छन् । एउटा सानो समूहमा रहेका प्रदर्शनकारीले निम्त्याएको डरसँगै आशा पनि दिएको छ । मूल्य मान्यताले काम गर्छ । यसअघि सत्ता छोड्दै गरेका राष्ट्रपतिका समर्थकले संसदमा आक्रमण गरेर सरकार परिवर्तन गर्न कोशिस गरेनन् ।

त्यो बिहान अत्याचारका कारण व्युँझिएका मानिसका अगाडि प्रदर्शनकारीहरू कस्तो देखिन्छौँ भन्ने विषयमा भने उनीहरूले ध्यान दिनुपर्छ । कैयौँ मानिस शायद आफूलाई भाग्यशाली सम्झिन्छन् कि उनीहरू यस्तो देशमा बस्छन् जहाँ प्रजातन्त्रको यो हदसम्मको दुरुपयोगलाई पनि त्यसको गुणले छायाँमा पारिदिन सक्छ ।

सैनिकले आफ्नो कित्ता कहिल्यै परिवर्तन गरेन । अघिल्लो निर्वाचनको उपयुक्त विजेता यो मामिलामा लुकेर बसेको छैन । उसले आफ्नो भाषण जारी गरिसक्यो । ऊ केही दिनमा नै राष्ट्रपति हुँदैछ । संसदमा भएको आक्रमणपछि विद्यमान सरकारप्रति वफादार रहेका दुई मन्त्रिपरिषद् सदस्यले राजीनामा दिइसकेका छन् ।

ट्रम्पले विश्वभरकै प्रजातान्त्रिक मूल्य मान्यतालाई यसरी अपमान गरेका छन् कि त्यो हदसम्म गर्छन् भनेर मैले सोचेको पनि थिइनँ । त्यसैले राष्ट्रपतिमा निर्वाचित बाइडनले प्रजातन्त्र ‘कमजोर’ भएको छ भन्ने अधिकार राख्छन् । यो बहुमूल्य र प्रभावकारी छ । हाललाई यसले काम गर्छ । ट्रम्प र उनले उत्पादन गरेको आन्तरिक आतंकवाद हाललाई असफल भएको छ ।

अब यो समय अमेरिकी मूल्यमान्यता विस्तारै गिर्दो क्रममा रहेको विषयलाई लिएर छाती पिट्दै विलाप गर्ने समय होइन । धेरै वर्षको गलत अभ्यासपछि हामी यो अवस्थामा आइपुगेका हौँ ।

यति भन्दै गर्दा एउटा देशले आफूले विशेषाधिकार प्राप्त गरेको प्रणाली खराबीमा जाने नेतृत्व गर्नु हुँदैन जहाँ ऊ आफ्नै असाधरण खुबी पूरै खारेज गर्ने स्तरसम्म पुग्नेछ । प्रजातन्त्रले अमेरिकालाई असफल बनाएको होइन, बरु असफल हुनबाट रोकेको हो ।

प्रतिस्पर्धी निरकुंश व्यवस्थाको तुलनामा अमेरिकी व्यवस्था किन राम्रो छ भनेर एउटा मात्रै कारण भन्नुपर्दा यो खुला प्रतिस्पर्धा र सत्यमा आधारित छ । कुको असफल प्रयासपछि अमेरिकीहरू टेलिभिजनमा प्रकृतिसम्बन्धी वृत्तचित्र हेर्दै व्युँझिएनन् न त उनीहरू कुनै होटलमा कर्मचारी बिदामा बसेको थाहा पाए । उनीहरू त प्रशारित समाचारसँगै आत्मआलोचना गर्दै नयाँ जोशले भरिएका थिए ।

त्यो बिहान अत्याचारका कारण व्युँझिएका मानिसका अगाडि प्रदर्शनकारीहरू कस्तो देखिन्छौँ भन्ने विषयमा भने उनीहरूले ध्यान दिनुपर्छ । कैयौँ मानिस शायद आफूलाई भाग्यशाली सम्झिन्छन् कि उनीहरू यस्तो देशमा बस्छन् जहाँ प्रजातन्त्रको यो हदसम्मको दुरुपयोगलाई पनि त्यसको गुणले छायाँमा पारिदिन सक्छ ।

(एमी पुरस्कारले सम्मानित वाल्श सीएनएनका अन्तर्राष्ट्रियका सुरक्षा सम्पादक हुन् । जनवरी ८, २०२१ मा सीएनएनमा प्रकाशित उनको यो लेखलाई पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0