कोरोना कहर : बितेको २४ घण्टामा ८ हजार ८३३ को मृत्यु | Khabarhub Khabarhub

कोरोना कहर : बितेको २४ घण्टामा ८ हजार ८३३ को मृत्यु


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र आठ हजार ८३३ जना संक्रमितले ज्यान गुमाएका छन्।

सोमबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ४२ हजार ५४५ पुगेको छ।

हालसम्म विश्वभर ९ करोड ६ लाख ७५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वल्डोमिटर्सले जनाएको छ ।

कूल संक्रमितमध्ये ६ करोड ४७ लाख ९६ हजार ६३८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ३९ लाख ३६ हजार ७२५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ तीन लाख ८३ हजार २७५ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ७९२ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख तीन हजार १४० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५१ हजार १९८ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३३ हजार २०४, बेलायतमा ८१ हजार ४३१, इटलीमा ७८ हजार ७५५, फ्रान्समा ६७ हजार ७५०, स्पेनमा ५१ हजार ८७४, इरानमा ५६ हजार १७१, अर्जेन्टिनामा ४४ हजार ४९५, कोलम्बियामा ४६ हजार ११४ तथा रसियामा ६१ हजार ८३७ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ११ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु