डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित | Khabarhub Khabarhub

डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ। एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन्।

जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ। बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताउँछन्।

मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए। सदरमुकाम दुनैको फोन सेवा काम नलाग्ने भएको छ, कैयौंपटक डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै,’ उनले भने।

दुनैको फोन सेवाले काम नगरेकै कारण फोन गर्नकै लागि घन्टौँ हिँडेर सदरमुकाम दुनै पुगेको उनले बताए। ‘पैसा भने काटिन्छ, कुराकानी हुँदैन,’ उनले गुनासो गरे। कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन्।

‘फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घन्टौँ कुर्नु परिरहेको छ,’ डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले भने। जिल्लामा बाँडिएको एडिएसएल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंकहरू प्रभावित भएका छन्।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ०० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न