बिहे चलिरहँदा बेहुला प्रेमिका लिएर मण्डपबाटै भागे, बेहुलीले गरिन जन्तीसँगै बिहे | Khabarhub Khabarhub

बिहे चलिरहँदा बेहुला प्रेमिका लिएर मण्डपबाटै भागे, बेहुलीले गरिन जन्तीसँगै बिहे


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहे चलिरहेका बेला बेहुलाले आफ्नी प्रेमिका लिएर मण्डपबाटै भागेपछि बिहे गर्न लागेकी बेहुलीले जन्तीमध्येबाट एक युवक रोजेर उनीसँग त्यही मण्डपमा बिहे गरेकी छिन् ।

भारतको कर्नाटक राज्यको चिकमंगलुरु जिल्लामा यस्तो रोचक घटना भएको हो । बेहुलाले हुनेवाली पत्नीलाई मण्डपमा छोडेर प्रेमिकासँग भागे । बेहुलीले पनि निर्णय लिन ढिलो गरिनन् । उनलदे तत्कालै बिहेमा जन्ती आएका एक युवकसँग बिहे गरिन् ।

बैंगलुरु मिररको रिपोर्टअनुसार नवीन र अशोक नाम गरेका दुई दाजुभाइको एकैपटक बिहे हुन लागेको थियो । अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमिकासँग भागे । नवीनले बिहेको सबै रिती रिवाजमा भाग लिए तर जब सात वचनको बेला भयो त्यसपछि भने नवीनले जीवनसाथी नै बदलिदिए ।

खासमा बिहेको दिन नै नवीनकी प्रेमिकाले आएर नवीनलाई यदि उनले सिन्धुसँग बिहे गरे भने विवाह समारोहमा आएर विष पिउने र सबै विवाह कार्यक्रम भताभुंग पारिदिने धम्की दिएकी थिइन् ।

यही डरका कारण नवीन बिहे बीचमै छाडेर भागेका थिए । नवीन भागेपछि यो फिल्मी नाटक त्यत्तिकै रोकिएन । सिन्धुले पनि तत्कालै बिहेमा आएका पाहुनाहरुमध्येबाट आफूलाई सुहाउँदो वर खोज्न थालिन् ।

अन्ततः सिन्धुले चन्द्रप्पा नामका युवकलाई आफ्नो जीवनसाथी रोजिन् । चन्द्रप्पा बिहेमा जन्ती आएका थिए र पूरै घटनाको प्रत्यक्षदर्शी थिए । चन्द्रप्पा बीएमटिसीमा बस कण्डक्टर छन् । दुवै परिवारको सहमतिपछि सिन्धु र चन्द्रप्पाको पूरै रितीरिवाजका साथ बिहे भएको हो ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : १३ बजे

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरूको नेतृत्व चयन भएको