नवनियुक्त सेनापतिले सार्वजनिक गरे आफ्नो मार्गचित्र | Khabarhub Khabarhub

नवनियुक्त सेनापतिले सार्वजनिक गरे आफ्नो मार्गचित्र


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई पहिलो पटक सम्बोधन गर्दै प्राथमिकता र आगामी कार्यदिशाका बारेमा जानकारी गराए । उनले जस्तोसुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्रहित र स्वार्थको संरक्षण तथा प्रवर्द्धनका लागि सदैव तयार रहन सकल दर्जाहरुलाई निर्देशन पनि दिए ।

जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्दै जानुपर्ने बताए । उनले उनले कल्याण्डकारी कार्यमार्फत सेनाका सकलदर्जा र उनीहरुका आश्रित परिवारको जीवनस्तरमा सुधार ल्याउले योजना पनि सार्वजनिक गरे ।

उनले राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीतिअनुरूपको राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मुलग्रन्थ पुनरावलोकन गरिने बताए । उनले यही नीति र रणनीति अनुसार सेना अगाडि बढ्ने बताए ।

शर्माले नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि स्वीकार्य नहुने टिप्पणी गरे ।

शिक्षा क्षेत्रमा प्रधान सेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश) का लागि आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीहरुका १ जना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजारका दरले सैनिक कल्याणकारी छात्रवृत्ति उपलब्ध प्रदान गरिएकोमा अब कक्षा ४ र ५ मा अध्ययन गरिरहेका सन्ततीलाईसमेत वार्षिक २० हजारको छात्रवृत्ति प्रदान गरिने प्रधानसेनापति शर्माले जनाए ।

स्वास्थ्य क्षेत्रमा सेवा बिस्तारको लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरिने, वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि क्याथ ल्यावको स्थापना गरिने र त्रि–चन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गरिने योजना सार्वजनिक गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : २६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन