नेपाल प्रहरीमा २२१ पदमा जागिर खुल्यो | Khabarhub Khabarhub

नेपाल प्रहरीमा २२१ पदमा जागिर खुल्यो


२५ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा नयाँ विज्ञापन खोलेको छ ।

प्रहरीले ७ वटा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा २ सय २१ जनाको लागि शुक्रबार नयाँ विज्ञापन खोलेको हो । विज्ञापनअनुसार सबैभन्दा धेरै अस्पतालतर्फ १६ पदमा ९७ जना माग गरिएको छ ।

त्यसपछि सूचना प्रविधि अन्तर्गत ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको छ । यस्तै भौतिक पूर्वाधारतर्फ ६ तथा केनाइन र हातहतियार मर्मत अन्तर्गत १/१ जना माग गरिएको छ ।

दरखास्त दिने मिति २७ भदौदेखि ७ कार्तिक तोकिएको छ । माग गरिएका पदहरू प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी नायव उपरीक्षक (डिएसपी) सम्म छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ११ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदन (पूर्णपाठ )

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ