एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने | Khabarhub Khabarhub

एसिड बेच्नेलाई सफाइ दिएको फैसलाविरुद्ध पुनरावेदन गरिने


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- जनकपुरकी आरती साहलाई श्रीमान्ले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।

सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरतीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरे पनि बिना लाइसेन्स एसिड बेच्ने बिक्रेता नागेन्द्र साहलाई सफाइ दिने फैसला सुनाएको छ ।

मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जिल्ला अदालतको यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने बताए । उनले सफाइ पाएकाको हकमा फैसला तयार भएर आएलगत्तै पुनरावेदन गरिने जनाए ।

मुख्य न्यायाधिवक्ता अर्यालले भने, “अहिलेको कसुर निर्धारण तथा सजाय ऐन २०७४ का अनुसार तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पहिला कसुर ठहर गर्नुपर्छ । त्यसपछि सजाय निर्धारण गर्नुपर्ने भएकाले यो फैसला आएको हो ।” उनले दोषी ठहर भएकाको हकमा आफूहरूको दाबी १५ वर्ष छ महिना कैद नै हुनुपर्छ भन्ने रहेको जानकारी दिए ।

यता एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउन अदालत पुगेकी आरतीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । गत कात्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : ०१ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश