उपचुनाव भए पदमुक्त कर्णालीका चारै नेतालाई जिताउने नेता नेपालको आश्वासन | Khabarhub Khabarhub

उपचुनाव भए पदमुक्त कर्णालीका चारै नेतालाई जिताउने नेता नेपालको आश्वासन


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् ।

मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसलाई उपचुनाव भए जिताउने आश्वासन दिएका हुन् ।

कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ छ ।

उनले भने, मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’

कार्यक्रममा उनले अब कोह‍ीसँग पनि हेपिएर नबस्ने, कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताए । उनले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने पनि जिकिर गरे । उनले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अडिग रहने आफ्नो अठोट रहेको बताए ।

त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्ने विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई र कक्षा १२ उतीर्ण गरी चिकित्सा शिक्षा आयोगदवार लिइएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र आंशिक झालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : ४६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६