धरमघरमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

धरमघरमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ ।

राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो । आज बिहानै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको छ । राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए ।

पहिरो पन्छाउने बित्तिकै फेरि पहिरो खस्ने गरेको छ । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ पटकभन्दा बढी सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : २१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द