प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने– आगो निभाउने तरिका हामीसँग छ | Khabarhub Khabarhub

प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने– आगो निभाउने तरिका हामीसँग छ


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

केहीदिन पहिलाको संसद बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफू आगो भएको र आगोसँग नखेल्न एमालेलाई चुनौती दिएका थिए । जवाफमा आजको संसद बैठकमा अध्यक्ष ओलीले आगो निभाउन एमालेले तरिका थाहा भएको बताए ।

प्रचण्डलाई जवाफ दिदै अध्यक्ष ओलीले भने, ‘एकजनाले भन्नुभयो म आगो हो मसँग नखेल । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । कसरी पानी खन्याउने हामीलाई थाहा छ ।’

सरकार गठन भएको एक महिनामै एमालेलाई धम्क्याउन खोजेको भन्दै अध्यक्ष ओलीले कसैसँग नडराउनेसमेत चेतावनी दिए । उनले भने, ‘प्रतिपक्षीलाई धम्क्याउने ? म आगो हुँ । मसँग नखेल । धम्की ? प्रतिपक्षलाई गाली गरेर सत्तोसराप गरेर राष्ट्रिय सहमति ?’

सरकारको न्यूनतम साझा कार्यक्रमलाई सडकमा बाँडिएको कागज भन्दै अध्यक्ष ओलीले त्यसको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : २५ बजे

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु