कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाही, जग्गा र बैंक खाता रोक्का | Khabarhub Khabarhub

कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाही, जग्गा र बैंक खाता रोक्का


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोवार, बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए ।

पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारवाही अघि बढाइएकामा आर्थिक वर्ष २०७७/७८ मा ३५ जना करदाताबाट रु पाँच करोडभन्दा बढी बक्यौता असुली भएको प्रमुख खतिवडाले बताए । मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ ।

यसैबीच कोभिड–१९ को सङ्क्रमण र जनशक्तिको अभावका बाबजुद कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । तत्कालीन सगरमाथा अञ्चलको छ वटा जिल्लामा कार्यक्षेत्र बनाएको कार्यालयले आव २०७७/७८ मा रु तीन अर्ब छ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा करिब १०८ प्रतिशत अर्थात रु तीन अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख खतिवडाले बताए ।

उनका अनुसार आव २०७७/७८ मा आयकरतर्फ रु एक अर्ब ६३ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड र अन्तःशुल्कतर्फ रु ५९ करोड आठ लाख राजस्व सङ्कलन भएको छ । यो गत आर्थिक आर्थिक वर्षको तुलनामा १७ प्रतिशत बढी राजस्व सङ्कलन हो ।

गत आव २०७६/७७ मा रु तीन अर्ब ४५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा करिब ८१ प्रतिशत अर्थात रु दुई अर्ब ८१ करोड राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८४२ व्यवसायी र २० हजार ८४४ व्यक्तिगत नयाँ प्यान दर्ता भएको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा करदाता शिक्षा कार्यक्रमअन्तर्गत छ वटै जिल्लामा आर्थिक ऐन, २०७७/७८ ले प्रदान गरेको करसम्बन्धी छुट तथा सुविधाबारे सचेतना कार्यक्रम सञ्चालन गरेपछि जनशक्ति अभाव र कोभिड–१९ को सङ्क्रमणका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख खतिवडाको भनाइ छ ।

कार्यालयमा छ जना कर अधिकृतको दरबन्दीमा चार जना र १० जना नायब सुब्बाको दरबन्दीमा तीन जना कर्मचारी मात्र कार्यरत रहँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको जनाइएको छ । दरबन्दी अनुसारको कर्मचारी पठाइदिन पटकपटक आग्रह गर्दै आए पनि अझै कर्मचारी नपठाउँदा समस्या भइरहेको प्रमुख खतिवडाले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ५० बजे

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न आवश्यक कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर