नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड | Khabarhub Khabarhub

नेविसंघ र अखिल क्रान्तिकारीद्वारा लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार बिहान नेविसंघ र अखिलका क्रान्तिकारी संघका विद्यार्थी नेता तथा कार्यकर्ताहले बुटवल स्थित लुम्बिनी वाणिज्य क्यामपसमा तोडफोड गरेका छन् ।

मोटरसाइकलमा आएको समूहले क्याम्पसको लेखा शाखा, परीक्षा शाखालगायतका कार्यालयमा रहेका कम्प्यूटर दराज लगायत समान तोडफोड गरेको क्याम्पस प्रमुख प्रा.डा ताराप्रसाद उपाध्यायले बताए ।

तोडफोडबाट करिब ७ देखि १० लाख रुपैयाँसम्मको क्षति पुगेको उनको भनाइ छ । विभिन्न माग राख्दै आएका विद्यार्थी संठगनहरुले यसअघि पनि क्पाम्पसमा तालाबन्दी गरेका थिए ।

उपाध्यायका अनुसार लुम्बिनी वाणिज्य क्याम्पसको २०६६ सालको विधान बमोजिम दीर्घकालिन योजना अनुसार क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने कार्ययोजना रहेको थियो ।

सोही योजना अन्तर्गत २०७७ सालमा क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने काम अघि बढेको थियो ।

त्यसपछि क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्नुहुँदै पुरानै ढर्रामा सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उर्तिएको क्याम्पस प्रमुख उपाध्यायले बताए ।

उनका अनुसार अहिले क्याम्पसले त्रिभूवन विश्वविद्यालयको स्वायत्तता २०६३ र संसोधन ०६३ बमोजिम हामीले त्रिविका कार्यक्रमहरु नियम अनुसार सञ्चालन गरिरहेको छ । संगठनले यी सबै कुरा खारेज गर्नुपर्ने र संस्थालाई पुरानै ढर्रामा चलाउनु पर्ने माग राखेका छन ।

उनले भने,‘ क्याम्पसलाई विश्वविद्यालयमा रुपमान्तरण गर्ने विषयमा क्याम्पस पछि हट्दैन । क्याम्पस आफ्नो लक्ष्यमा अघि बढ् छ ।’

सबै विद्यार्थीले पढ्न पाउनुपर्छ भन्ने सवालमा क्याम्पसको विमती नरहेको उनले बताए ।

क्याम्पस विश्वविद्यालयमा रुपान्तरण भइसकेपछि नयाँ कोर्स ल्याउन पनि सहज हुने उनले बताए । विद्यार्थीका मागमा छलफल गर्न बस्न आग्रह गर्दा पनि वास्ता नगर्ने र सरकारी सम्पत्तिमा तोडफोड गर्ने कार्य निन्दनीय भएको उनले बताए ।

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसका पठनपाठन चलाउन र एमबीए, बीबीए, एमबीएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै केही समयदेखि आन्दोलनरत छन् । विद्यार्थीले राखेका मागमा क्याम्पस दोस्रो पटक बस्दा पनि विद्यार्थी संगठनहरुले खासै चासो नदेखाएको उनले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०