जैन कवि वनारसीदासको घरमा एक दिन चोर पस्यो । चोरी भइरहेको थाहा पाएर पनि उनी चुपचाप ओछ्यानमै पल्टिरहे ।
चोरले भएभरको सामान एउटा तन्नामा कसेर ठूलो पोको बनायो, तर उठाउन सकेन । चुपचाप हेरिरहेका कविजीले भने— तिमीले जुन सामान बाँधेका छौ, त्यो मलाई काम लाग्ने छैन, लैजाऊ म कुम्लो उठाइदिन्छु ।
अक्कमक्क परेको चोरले लजाउँदै हिम्मतसाथ कुम्लो उठाउन खोज्यो । वनारसीदासले कुम्लो उठाएर उसको टाउकोमा राखिदिए ।
घर गएर चोरले आफ्नी आमालाई सबै कुरा सुनायो । चोरकी आमाले टाउकोमा हातले ठोक्दै भनिन्— यस्ता सन्तको सामान चोर्नमा तिमीलाई लाज लागेन ? जाऊ र फर्काइदेऊ ।
चोरले सामान फिर्ता गरेर कविसँग क्षमा माग्यो । त्यसपछि ऊ चोरी छाडेर खेती गर्न थाल्यो ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया