विपक्षी गठबन्धनको बैठक देउवा निवास बुढानीलकण्ठमा जारी | Khabarhub Khabarhub

विपक्षी गठबन्धनको बैठक देउवा निवास बुढानीलकण्ठमा जारी


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा ५ बजेदेखि शुरु भएको हो । प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि त्यही विषयमा धारणा बनाउन र गण्डकी प्रदशमा सरकार बनाउने विषयमा छलफल गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्ण बहादुर खड्का सहभागी छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल समेत सहभागी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : १६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय