ट्रेन्डिङमा ‘जस्टिस फर ईपीएस पासर’ | Khabarhub Khabarhub

ट्रेन्डिङमा ‘जस्टिस फर ईपीएस पासर’


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरियन भाषा परीक्षा पास भए पनि डेढ वर्षदेखि कोरिया जान नपाएका श्रमिकहरुले सामाजिक सञ्चाल ट्वीटरमा चलाएको ‘जस्टिस फर इपीएस पासर’ अभियान नेपालको ट्वीटर ट्रेण्डिङ एकमा आएको छ । श्रमिकहरुले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गरेका छन् ।

उनीहरुले सरकारले उचित पहल नगर्दा अन्य देशबाट कोरियाले कामदार लिइसक्दा पनि नेपालबाट नलगेको भन्दै आक्रोश पोखेका छन् । हालसम्म २८ हजार पाँच सय ट्वीट भइसकेका छन् ।

२०७६ फागुनको पहिलो सातादेखि ईपीएस प्रणालीमार्फत कोही पनि श्रमिक कोरिया जान पाएका छैनन् । त्यसमाथि कोभिड १९ को महामारीले झन अन्योलता थपेको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षा पास गरेर श्रम सम्झौता आइसकेका करिब सात हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रुपमा फर्किएका तीन हजार श्रमिक नेपालमै रोकिएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ४५ बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार