श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने | Khabarhub Khabarhub

श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन् ।

यहाँका सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै यहाँको सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिए । उनले श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि उनले सो कार्यक्रममा बताएका थिए ।

उनले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको उनले जानकारी दिए । वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्य सम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसका विरुद्ध काम गर्नुपर्ने पनि उनले बताए ।

श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताए । उनले श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिए । श्रीलंकामा कोभिड १९ का दुई लाखभन्दा बढी संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ३ : ३४ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके