मोडल निशा नर्भिक अस्पताल भर्ना | Khabarhub Khabarhub

मोडल निशा नर्भिक अस्पताल भर्ना


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।

अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो ।

निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।

राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो । पछि हामी आफैंले पनि उपचार गर्यौ’, उनले भने ।

घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  २ : ४७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६