आज खण्डग्रास सूर्यग्रहण, के गर्न हुन्छ के हुँदैन ? | Khabarhub Khabarhub

आज खण्डग्रास सूर्यग्रहण, के गर्न हुन्छ के हुँदैन ?


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।

एस्ट्रोलोजर राजले नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म लाग्ने यो सूर्यग्रहण लाग्ने जानकारी दिए । उनका अनुसार आज सूर्य ग्रहण लाग्ने भएपनि नेपालको कुनैपनि भागबाट यसको अवलोकन गर्न नसकिने बताए ।

सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको असर नेपालमा पनि नपर्ने बार्नै पर्ने अवस्था समेत नरहेको उनले जानकारी दिए ।

जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो ।

सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा सौर्यग्रहण लाग्छ । खगोल शास्त्रका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दो सूर्यका किरण छेकिन्छन् र पृथ्वीमा अँध्यारो हुन्छ, जसलाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहण खग्रास (पूरै छेकिने), खण्डग्रास (केही भाग मात्रै छेकिने) र बलय (सूर्य केवल हातमा लगाउने बाला जस्तो मात्रै देखिनु) तीन प्रकारले लाग्ने गरेको पाइन्छ । ज्योतिषका अनुसार यस पटक सूर्य ग्रहण वृष राशिमा हुनेछ।

सूर्य ग्रहणमा के गर्न हुन्छ के हुँदैन ?

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने ज्योतिष शास्त्रीहरु बताउँछन् ।

सूर्यग्रहण लाग्नुभन्दा केही समय अघि र सूर्य ग्रहण नकिन्जेलसम्म बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

ग्रहण लाग्नुभन्दा करिब १२ घण्टा अगाडिबाट बालबच्चा, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहँदै आएको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

ग्रहण शूतकका कारण खण्डग्रास सूर्यग्रहण नसिकन्जेल अन्य धार्मिक गतिविधि र शुभकार्य नगर्दा राम्रो हुने मान्यता राखिन्छ । यद्यपि, ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।

ग्रहणको समयमा ग्रहण स्पर्श भएसँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुद्र आदिमा स्नान गर्ने र जनावर, चराचुरुंगी, निमुखा तथा असहायलाई दान धर्म गर्नु राम्रो हुने मानिएको छ ।

ग्रहणको समयमा घरमा विकिरण तथा नकारात्मक ऊर्जा प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्न नहुने तथा दूध, दही, घिउ, पानी, अचार आदिमा तुलसीपत्र वा कुश राख्ने चलन छ । यसो गर्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । योबाहेक अन्य चिजमा गाईको गोबर राख्ने गरिन्छ ।

सूर्य ग्रहणलाई नांगो आँखाले अवलोकन गर्नु हानिकारक मानिन्छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ७ : ३० बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन