उर्मिलासँग मनीषा रिसाउदा रोकियो फिल्म | Khabarhub Khabarhub

उर्मिलासँग मनीषा रिसाउदा रोकियो फिल्म


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– आफ्नो फिल्म निर्माण शैलीका लागि बलिउडमा चिनिएका निर्देशक रामगोपाल बर्माले ‘सत्या’, ‘कम्पनी’, ‘सरकार’ र ‘सरकार राज’ जस्ता कैयौं फिल्म बनाए ।

सन् १९९० देखि २००० को दशकमा उनको फिल्म निर्माण शैलीकै दबदबा थियो । हरेक ठूला स्टार उनीसँग काम गर्न चाहन्थें । तर स्टार छनोटमा उनी ‘चूजी’ थिए र नाम चलेका कलाकार मात्र फिल्मका लागि लिन्थे ।

रामको मनपर्ने अभिनेत्री उर्मिला मातोंडकर थिइन् । त्यहीकारण उनी हरेक फिल्ममा उर्मिलालाई नै राख्न चाहन्थे ।

रामले बनाउन लागेको एक फिल्ममा उर्मिलासँगै त्यो समयकी हिट अभिनेत्री मनीषा कोइरालालाई कास्ट गराउने योजनामा थिए । राम मनीषासमक्ष फिल्मको अफर लिएर गएका थिए ।

रामले मनीषालाई उनी अभिनेताको पत्नीको भूमिकामा हुने जानकारी दिएका थिए । मनीषाको सम्बन्ध घरबाहिरको विवाहित पुरुषसँग पनि हुने र उनको पतिको प्रेमिका उर्मिला हुने सुनाएका थिए ।

उर्मिलाको चरित्र मनीषाको भन्दा बढी ग्ल्यामर थियो । उर्मिलाको भूमिका र उनको ग्ल्यामर छवि सुन्नासाथ मनीषा रिसाइन् । त्यसपछि उनले रामको फिल्ममा काम गर्न अस्वीकार गरिन् । अन्ततः यो फिल्म निर्माण नै हुन सकेन ।

उर्मिलाको कुरा गर्दा उनको करियर सम्हाल्ने श्रेय रामगोपाललाई नै जान्छ । उर्मिलालाई फिल्म ‘रंगीला’मा कास्ट गरेर रामले रातारात उनको भाग्य चम्काइदिएका थिए ।

यसपछि रामले उर्मिलालाई ‘भूत’, ‘कौन’, ‘दौड’, ‘मस्त’, ‘प्यार तूने क्या किया’ लाई अभिनय गराएका थिए । उर्मिला पनि रामकै फिल्ममा मात्र ध्यान दिन थालेपछि उनले अन्य ठूला फिल्म निर्माताका फिल्म अस्वीकार गर्दै गइन् । जसकारण उनको करियर नै सकियो ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १० : ३० बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले