चीन–अमेरिका व्यापार रूपान्तरणको कथा « Khabarhub
Logo
८ असार २०७८, मंगलबार

चीन–अमेरिका व्यापार रूपान्तरणको कथा



चीनसँगको व्यापार मुद्दाले पछिल्लो समय भूराजनीतिक विषयका अन्य गम्भीर मुद्दा पछाडि धकेलिदिएको छ । शायद यो यस्तै हुनुपथ्र्यो यद्यपि अमेरिका र चीनबीचको व्यापार यस्तो मोडमा उभिएको छ जसलाई ध्यान दिनु आवश्यक छ ।

के स्पष्ट भइसकेको छ भने अमेरिकी व्यापार र उद्योग चिनियाँ स्रोतबाट टाढा भइसकेको छ । यो महामारीको समयमा चीनले अख्तियार गरेको राष्ट्रवादको सिद्धान्तका कारण मात्रै होइन, आर्थिक भारका कारण पनि हो । तथ्यांकले पनि के देखाउँछ भने चीनले अमेरिकाबाट पहिलाको तुलनामा धेरै समान खरिद गरिरहेको छ ।

यसमा सन् २०१९ मा ट्रम्प प्रशासनले लिएको व्यापार सम्बन्धी नीति पनि एक कारण हो । अहिलेकै अवस्थामा व्यापारमा देखिएको बदलावलाई ट्रम्प प्रशासनको सफलताका रूपमा करार गर्नु गलत हुन्छ यद्यपि सफलता त्यो हो जुन हामीलाई तथ्यांकले बताइरहेको छ ।

जब अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा अतिरिक्त भन्सार लगाउने निर्णय गरे त्यो बेला उनले आगोसँग खेलेको जस्तो लागेको थियो । विश्लेषकहरूले ‘व्यापार युद्ध’ हुन सक्ने चेतावनी दिएका थिए । विश्वभरको व्यापारका लागि विश्व जुन देशसँग आश्रित छ त्यो देशसँग यस्तो नीति लिन नहुने प्रायः विश्लेषकको मत थियो ।

वासिङ्टनलाई चीनसँगको व्यापारभन्दा पनि चीनलाई वासिङ्टनसँगको व्यापार आवश्यक भएकाले वासिङ्टनको मागका विषयमा चीन झुक्छ भनेर सुनिश्चित गर्नु आवश्यक थियो । ट्रम्प प्रशासनको ट्यारिफ निर्णयमा खुला बजारका प्रतिवादक एड्म स्मिथको पूर्णरूपमा समर्थन थियो ।

स्मिथले आफ्नो पुस्तक ‘द वेल्थ अफ नेशन’ मा अर्को पक्षले प्रतिबन्धात्मक व्यापार अभ्यास गरेको अवस्थामा व्यापारमा दबाब बढाउन ट्यारिफ लगाउनु पर्ने सुझाव दिएका छन् । विचारको यस्तो आलोकमाझ पनि ट्रम्प प्रशासन अन्तर्गतको ह्वाइट हाउसको उक्त निर्णय लापरशाह लागिरहेको थियो ।

जब जनवरी २०२० मा व्यापारका सम्बन्धमा दुवै देशले सहमतिको नजिक पुगेको जानकारी दिए, त्यसले एक हदसम्म सबैलाई अचम्मित बनाएको थियो । त्यस अन्तर्गत बेइजिङले मुख्यतः चारवटा वाचा गरेको थियो । पहिलो थियो, युआनको विदेशी मुद्रासँगको सटही दरमा नियन्त्रण गरेर निर्यात बजारलाई प्रभावित बनाउन छोड्ने । दोस्रो वाचा अमेरिकाको बौद्धिक सम्पत्तिको सार्वाधिकारलाई सम्मान गर्दै बौद्धिक सामग्रीको चोरी गर्ने प्रवृत्ति बन्द गर्ने थियो ।

अमेरिकी व्यापारीहरूले चिनियाँ स्रोतलाई स्पष्ट रूपमा घटाउँदै लगेका छन् । यो कुरा हालै अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले पनि देखाउँछ । तथ्यांकअनुसार चीनको अमेरिकासँगको व्यापारमा निकै कमी आएको छ ।

चीनमा रहेका अमेरिकी लगानीका कम्पनीमा चिनियाँ नागरिकको पनि लगानी हुने र कम्पनीको प्राविधिक र व्यापार सम्बन्धी गोप्य कुरा चीनसँग साझा गर्नुपर्ने बाध्यता घटाउँदै लगिने, यो तेस्रो वाचा थियो । र, चौथो वाचा आगामी दुई वर्षभित्रमा दुई बिलियन डलर बराबरको अमेरिकी समान खरिद गर्ने थियो ।

यो घोषणापछि पनि धेरै मानिस कार्यान्वयनको विषयलाई लिएर शंका व्यक्त गर्दै थिए । खासगरी विगतमा पनि अमेरिकाका अन्य राष्ट्रपतिसँग गरेको वाचा चीनले पूरा नगरेको हुँदा यो वाचा पूरा हुन्छ भन्नेमा धेरैको शंका थियो । अर्को पक्ष भनेको ट्रम्प प्रशासनले हासिल गरेको सफलताको श्रेय दिने विषयमा मानिसहरू अनुदार देखिन्थे ।

यससँग सम्बन्धित केही शंका जायज पनि थिए होलान् यद्यपि बेइजिङले आफ्नो प्रतिबद्धतामा कायम रहने संकेत दिएको थियो । चिनियाँ मुद्रा युआनमा उतार–चढाव आउन शुरू भयो, यस्तो सबै विदेशी मुद्राको मामिलामा हुन्छ तर, समग्रमा हेरफेरको भने कुनै संकेत देखिएन ।

चीनमा रहेका सबै अमेरिकी व्यापारमा चिनियाँ लगानीकर्ता हुने र पेटेन्टमा रहेको सर्वाधिकार उल्लंघन गर्ने व्यक्तिलाई देवानी कानूनअनुसार कार्वाही गर्ने विषयमा चीनले चासो देखाउन थालेको छ । अतिरिक्त खरिदमा तथ्यांक नै बोल्छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार अमेरिकाबाट चीन निर्यात हुने सामग्रीमा सन् २०१९ यता वार्षिक १४ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्ला दिनमा चीन निर्यात हुने सामग्रीको तथ्यांक अझै राम्रो छ । अमेरिकामा उत्पादत सामग्री जुन चीनमा एसेम्बल हुन जान्थे, त्यसमा निकै कमी आएको छ ।

व्यापार सम्झौता चीन–अमेरिका व्यापार रूपान्तरणको एक कथा मात्रै हो । अमेरिकी व्यापारीहरूले चिनियाँ स्रोतलाई स्पष्ट रूपमा घटाउँदै लगेका छन् । यो कुरा हालै अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले पनि देखाउँछ । तथ्यांकअनुसार चीनको अमेरिकासँगको व्यापारमा निकै कमी आएको छ । महामारीका कारण लगाइएको प्रतिबन्ध हटेसँगै अमेरिकी अर्थ व्यवस्थालाई सबै क्षेत्रले निचोरेको छ । यस्तो खासगरी देशको अर्थतन्त्र तीव्रगतिमा बढेको बेला हुने गर्छ । गत जुन र मार्च महीनाको बीचमा मात्रै अमेरिकाले कुल ३३ दशमलव ७ प्रतिशत सामान बाहिरबाट आयात गरेको छ ।

वाणिज्य मन्त्रालयका अनुसार यो हालसम्म प्राप्त तथ्यांकका आधारमा भनिएको हो । चीनबाट आयात गरिएको सामान यो बीचमा ६ दशमलव ९ प्रतिशतले मात्रै बढेको पाइएको छ ।

चीनबाट सामान खरिद नगर्नुको अर्को कारण राष्ट्रिय सुरक्षाको मामिला पनि हो । महामारीका बेला चीनले अत्यावश्यक धेरै सामान निर्यातमा कडाइ गरेको थियो । आपतकालीन अवस्थामा बेइजिङले लिएको निर्णय बुझ्न सकिन्छ । त्यस अतिरिक्त बुझ्न सकिने अर्को कुरा के पनि हो भने चीनको यस किसिमको प्रवित्तिका कारण अमेरिकाले आफ्नो बजार विकेन्द्रीकृत गरेको हो ।

चीनबाट आयात बन्द गर्दा त्यसको दीर्घकालीन असर पनि हुन्छ । केही समयदेखि चीनमा श्रम लागत अन्य देशको तुलनामा तीव्र गतिमा बढ्दै गएको छ । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०१२ देखि २०१९ बीचमा चीनमा प्रतिवर्ष १० प्रतिशतका दरले श्रम लागत बढेको छ । यस्तो हुन चीनको जस्तो बढ्दो अर्थतन्त्रमा मात्रै सम्भव हुन्छ । यो आश्र्चयमा पार्ने खालको आँकडा हो ।

ज्यालामा आएको वृद्धिले भियतनाम, इन्डोनेसिया र कयौँ ल्याटिन अमेरिकी जस्ता विकासशील देशले जस्तै लाभ उठाउनबाट चीन बञ्चित हुनसक्छ । महामारीको दौरान तीव्र गतिमा बढेको ज्यालामा केही रोक लागेको थियो । अर्थतन्त्रको पुनः सञ्चालनसँगै त्यो फेरि बढ्ने अनुमान लगाउन सकिन्छ । उसले अमेरिकी खरिदकर्तालाई आफूले यसअघि उपलब्ध गराउने सामानको दरमा अब अन्यत्रै सामान किन आश्वस्त पारिसकेको छ ।

यसको मतलब अब पहिलाकै दरमा सामान बिक्रि गर्न नसक्ने संकेत दिनु हो । खासगरी यस्ता सामानमा प्राविधिक सामान, खेलौँना, कपडा र जुत्ता आदि पर्दछन् । यस्तो प्रभाव महामारी शुरू हुनुपूर्व अथवा २०१९ को ‘व्यापार युद्ध’ अघि नै देखिएको थियो । २०१५ देखि २०१८ सम्म अमेरिका निर्यात हुने सामग्रीमा १५ दशमलव ७ प्रतिशतको वार्षिक वृद्धि थियो, त्यसमा चीनबाट निर्यात हुने सामग्री भने प्रतिवर्ष जम्मा ३ दशमलव १ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

अमेरिकाले चीनबाट आयात गर्ने सामानमा कमी आइरहेको छ र चीनतर्फ निर्यात गर्ने सामग्री बढी रहेको छ अनि दुई देशबीचको व्यापार सन्तुलनमा कमी आएको छ । वाणिज्य मन्त्रालयका अनुसार सबैभन्दा खराब व्यापार २०१८ मा भएको थियो । त्यस बखत अमेरिकाले चीनलाई बेचेको सामानभन्दा ४१९ बिलियन अमेरिकी डलर बराबरको सामान चीनबाट खरिद गरेको थियो ।

२०२१ को पहिलो तीन महीनामा प्रतिवर्ष २८४ बिलियन अमेरिकी डलर बराबर अमेरिकाले चीनसँग व्यापारघाटा व्यहोरेको छ । यो ठूलो व्यापारघाटा भए पनि त्यसमा निरन्तर सुधार आएको देखिन्छ । यो प्रवृत्तिमा कुनै फरक आउँछ कि आउँदैन भन्ने बेइजिङ र वासिङ्टनले लिने नीतिमा भर पर्नेछ ।

साथै, अर्थतन्त्रमा आउने उतार–चढावले पनि यसको निर्धारण गर्नेछ । अमेरिका र चीनमात्रै होइन विश्वभरका सबै देशले अर्थतन्त्रमा कि त अमेरिकासँग होइन भने चीनसँग प्रतिस्पर्धा गर्छन् । तर, तत्कालमा लागि तनावको एउटा स्रोतमा भने कमी आएको छ ।

(मिल्टन एज्राटी द न्याशनल इन्ट्रेस्टका सहयोगी सम्पादक हुन् । ६ जुन २०२१ मा द न्याशनल इन्ट्रस्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0