अस्पतालमा बिरामीहरु प्रमुख डाक्टरको प्रतीक्षा गरिरहेका थिए । नर्स र कम्पाउन्डर कुर्सीमा आनन्दसँग बसिरहेका थिए । तर एकजना अग्लो मान्छे लामो कोट लगाएर यताउता गर्दै प्रत्येक स्थान र वस्तुलाई नियालिरहेको थियो । त्यही बेला प्रमुख डाक्टर आइपुगे । त्यो व्यक्तिले हत्तपत्त डाक्टरलाई समात्न पुग्यो ।
डाक्टरले सोधे— ए मिस्टर तपाइँको हो ? यहाँ के गर्दै हुनुहुन्छ ?
उसले भन्यो— डाक्टर साब, मेरो बुवा अत्यन्त बिरामी हुनुहुन्छ ।
डाक्टरले भने— बिरामी भए उनलाई यहाँ भर्ना गर्नुस न ।
उहाँ धेरै कमजोर हुनुहुन्छ । उहाँलाई यहाँ ल्याउन सम्भव छैन । तपाइँत्यहीँ हिँड्नुहोस् न । उसले आदरपूर्वक भन्यो ।
तर डाक्टरले उसलाई हकारे— के बहुलठ्ठी कुरा गरेको ? म तपाईंको घरमा कसर जान सक्छु ?
यदी रोगी मर्ने अवस्थामा रहेछ भने पनि तपाइँ जान सक्नुहुन्न ? उसले भन्यो ।
डाक्टरले उसलाई हकार्दै भने— धेरै बोल्न जरुरी छैन । तपाइँकोसँग कुरा गर्दै हुनुहुन्छ थाहा छ ? के चिफ सिभिल सर्जनसँग गरिने व्यवहार यस्तै हुन्छ ?
यो सुनेर त्यो व्यक्ति एकछिन तिल्मिलायो । उसले बडो रवाफका साथ भन्यो— मैले अहिलेसम्म तिमीलाई राम्रो मुखले भनिरहेको छु । मलाई तिमीसँग बोल्ने ढङ्ग सिक्नु जरुरी छैन । तिमीलाई थाहा छैन, तिमी कोसँग कुरा गरिरहेका छौ ?
डाक्टरको रिसको पारो चढ्यो । उसले अस्पतालको गार्डलाई बोलायो र भन्यो— यो पागललाई पागलखानामा पठाइदेऊ ।
जब गार्ड समात्न अघि सर्यो, त्यो अग्लो व्यक्तिले आफ्नो कोर्ट फुकाल्यो । डाक्टरले देखे, सामुन्ने कुनै साधारण व्यक्ति थिएन । सैनिक पोसाकमा एक शक्तिशाली कर्णेल उभिएको थियो । त्यो देखेर डाक्टर हच्किए । आफ्नो देशको राष्ट्रपति कर्णेल गद्दाफीलाई सामुन्ने देखेर उनको होसहवास उड्यो ।
कर्णेल गद्दाफीले आदेश दिए— डाक्टर अब तिम्रा लागि लिबियामा कुनै ठाउँ छैन । म एक अस्पतालको होइन, पूरै देशको अनुशासित सेनापति र कर्तव्यनिष्ठ अधिकारी हुँ । जुन मान्छेले आफ्नो कर्तव्य निभाउन जान्दैन, उसलाई यो देशमा बस्ने कुनै हक छैन ।
राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन गरियो । यसबाट राष्ट्रसेवा प्रत्येक नागरिकको सर्वोच्च कर्तव्य हो भनेर सबैले शिक्षा लिए ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया