प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल, स्वतः पदमुक्त | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल, स्वतः पदमुक्त


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन्

सोमबारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा ओली विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

मतदानमा सहभागी जम्मा २३२ जना मध्ये विश्वासको मतको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४, र मत दिन्न भन्नेमा १५ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

तत्काल कायम रहेको संख्याको बहुमत नरहेकाले प्रस्ताव अस्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरे ।

प्रतिनिधिसभामा राखेको विश्वास मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत नेपाल-खनाल समूहका सांसद मतदानमा अनुपस्थित भएका थिए ।

यसअघि प्रतिनिधिसभा बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको थियो। त्यसअघि सभामुख अग्नि प्रसाद सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए ।

मतदानअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०