प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : तपाईं कि म राष्ट्रिय समस्या हो ? बहस गरौँ | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : तपाईं कि म राष्ट्रिय समस्या हो ? बहस गरौँ

संविधानलाई नै कोरोना लागेजस्तो भयो


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रंका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय समस्या भनेकोमा प्रति प्रश्न गरेका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफल गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनता, कम्युनिस्ट आन्दोलनमा संकट यी कुराहरु कसको कारण आयो प्रधानमन्त्री जी ? समीक्षाका लागि तयार हुनुहुन्छ ? ‘

‘तपाईंले कहिलेकाही भनेको सुन्छु । प्रचण्डलाई राष्ट्रिय समस्या नै भयो भनेर ।’ उनले प्रश्न गरे, ‘म हो राष्ट्रिय समस्या ? कि तपाई राष्ट्रिय समस्या ? बहस गरौँ भन्न चाहन्छु । मैले संविधान बनाउने र तपाईलाई प्रधानमन्त्री बनाउनु राष्ट्रिय समस्या भएर हो ?

देशमा अराजक गतिविधि नआओस् भनेर आफूले नै वाम गठबन्धनको प्रस्ताव राखेको उल्लेख गर्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि वाम गठबन्धनको प्रस्ताव राख्ने म पहिलो व्यक्ति हुँ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरौँ भनेर जाने पहिलो व्यक्ति पनि म नै हुँ ।’

वाम एकता र संकल्प पछि ओलीलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्ने व्यक्ति पनि आफू नै भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘तर आज यो एउटा विडम्बना भन्नु पर्छ । तीन वर्ष बित्दानबिन्दै कम्युनिस्ट एकता पनि क्षतविक्षत हुन पुगेको, संविधान पनि बढो नराम्रोसँग चिथारिएको, कोपरिएको र त्यो संविधानलाई नै कोरोना लागे जस्तो । अहिले देश र समाज त कोरोनाले आक्रान्त छँदैछ । सरकारको गतिविधिका कारण संविधानलाई पनि कोरोना लागे जस्तो, आईसीयूमा राखेको जस्तो अवस्थाबाट गुज्रिनु परेको छ ।’

स्थायित्वको परिकल्पना गरेर संविधान निर्माण गरे पनि अहिलेको अवस्था आएकोमा आफू चिन्तित रहेको उनले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ३५ बजे

मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम- मधेशप्रदेशको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

कोशी प्रदेशलाई खोरेतमुक्त बनाइँदै

विराटनगर– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र