बराबरीमा रोकियो पीएसजी | Khabarhub Khabarhub

बराबरीमा रोकियो पीएसजी


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाड्न बाध्य भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी अंक बाढ्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

७०औँ मिनेटमा सेह्रोउ गुइरास्सीले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै दोस्रो स्थानको पीएसजीको ३६ खेलमा ७६ अंक भएको छ । पीएसजी शीर्ष स्थानको लिल भन्दा ३ अंकले पछि छ । रेनस ५५ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ३१ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना