ओलीको ओरालो यात्रा | Khabarhub Khabarhub

ओलीको ओरालो यात्रा



अभिमानले मानिसलाई दुर्बल बनाउँछ । दुर्बल भएपछि सृजनात्मक क्षमतामा ह्रास आउँछ । अभिमानीहरूले समाज दूषित बनाउँछन् ।

यति वेला नेपालको राजनीतिलाई अभिमानले गाँजेको छ । केही नेताको छातीभित्र यति धेरै अभिमान बास गरेको छ कि यसले राजनीतिलाई फोहोरको डङ्गुरमा परिणत गरिदिएको छ । पहिल्यैदेखि एउटा भनाइ रहँदै आएको छ, ‘पोलिटिकल इज डर्टी गेम’ ।

राजनीति फोहोर बनाउने काम केही व्यक्तिले गरिदिए । यसकारण पनि कतिपय बुज्रुक युवाहरू राजनीतिमा प्रवेश गर्न चाहन्नन् ।

नेपालमा राजनीतिमा प्रवेश गर्नेहरू पढाइमा मध्यम वा कमजोर हुनेहरू ज्यादा छन् । पढाइमा अब्बल युवाहरू राजनीतिबाट टाढा छन् ।

देशका उत्कृष्ट युवाहरू राजनीतिबाट पर भागेपछि यो क्षेत्र बौद्धिकहरूको चौतारी बन्न सकेन । राजनीति आफूमा उत्कृष्ट विधा हो । केही अबौद्धिक व्यक्तिको प्रवेश र त्यहाँ सृजित अभिमानले ल्याएको दुस्परिणामले मात्रै फोहोरी खेल बनाएको हो ।

राज्यका नीतिहरूको सर्वोच्च आधार नै राजनीति हो भन्ने सर्वव्यापी मान्यता नेपालका नेताहरूले बुझ्न चाहेनन् । यस्ता केही पात्रले दूषित बनाएको हाम्रो राजनीतिले देशको समग्र प्रगति अधोगतितिर लगेको छ ।

खास जनताले खोजेको के हो भन्ने कुरा बुझ्ने चेष्टा ओलीले कहिल्यै गरेनन् । त्यसैले त उनले सृजना गरेका अरिङ्गाल बाहेक नागरिकहरू उनका अभिव्यक्तिमा व्यक्तिमा विश्वास गर्दैनन्, फगत मनोरञ्जन गर्छन् ।

पछिल्लो पटक यस्ता पात्रमध्ये हालका प्रधानमन्त्री केपी शर्मा ओली मुख्य खलनायकका रूपमा देखापरेका छन् । कसरी ?
एक पटक विवेचना गरौँ ।

ओलीले बारम्बार एउटा अभिव्यक्ति दिने गरेका छन्, त्यो हो– सरकारले गरेका राम्रा काम र प्रगतिको प्रचार भएन ।

यही अभिव्यक्तिमा ओलीको अभिमान प्रकट हुन्छ । देश विकास भए नभएको कुरा अनुभवले बताउँछ । जनताले जे अनुभव गर्छन्, त्यही बढी प्रचार हुन्छ । कसैले जर्बजस्त प्रचार गरिदेऊ भन्दैमा हुने होइन । सरकारले के ग¥यो र के गर्दैछ भन्ने कुरा जनताले सोझै अनुभव गरेका हुन्छन् ।

ओलीलाई के लाग्दो हो भने काम कति धेरै भएको छ तर प्रचार हुनै पाएन, मिडियाले सहयोग गरेनन् । अनि ओली आफैँ प्रचारमा उत्रिए । जब उनी भाषण गर्न मन्चमा जान्छन् तब उनी सधैँ एउटै कुरा सुनाउँछन्, तथ्यांकको ओइरो लगाउँछन् । र, आफ्नो अभिमान प्रकट गर्छन् ।

जनताले कति रुचाउँछन् भन्ने भेउ ओलीलाई हुँदैन, आफ्ना केही कार्यकर्ताले बजाएको तालीले मख्ख पर्छन् अनि उनको अभिमानको पारो झन् माथि चढ्छ ।

खास जनताले खोजेको के हो भन्ने कुरा बुझ्ने चेष्टा ओलीले कहिल्यै गरेनन् । त्यसैले त उनले सृजना गरेका अरिङ्गाल बाहेक नागरिकहरू उनका अभिव्यक्तिमा व्यक्तिमा विश्वास गर्दैनन्, फगत मनोरञ्जन गर्छन् ।

एउटा गरिब किसान परिवारमा जन्मेर आफ्नै बलबुताले कठिन संघर्षमार्फत राजनीतिमा उदाएका ओली आफ्नै मुर्छित सपनाको फूलबारीमा बरालिएका छन् । पहिलो संविधानसभामा अनुपस्थितिको बाबजुद तत्कालीन नेकपा माओवादीसँग मुकाबिला गर्ने ओली नै थिए ।

झापा आन्दोलनको जगमा अनेकौँ हण्डर र ठक्कर खाँदै अथाह त्याग र तपस्याबाट हुर्काएको व्यवस्थित एमाले पार्टीलाई नेकपा बनाउँदै अस्तव्यस्त बनाए । उनले निर्वाचनमा जनताले रुचाएको ‘अर्गानिक ओली’ प्रतिको अपार भरोसा दुरुपयोग गरे ।

म नै पार्टी हुँ, म नै विधि हुँ र म नै राज्य हुँ भन्ने अहंकारले ओली ढुस्स फुलेका छन् । फुक्र्याएर नाजायज लाभ हासिल गर्न लोभीपापी, स्वार्थी, शक्तिका पुजारी, चाकडीवाजहरूले उनलाई घेरामा पारेका छन् ।

पहिलो र दोस्रो संविधानसभामा मधेश केन्द्रित दल र माओवादी अराजकताको राजनीतिक ट्याकल गर्दा निर्माण भएको ‘एमाले ओली’ को राजनीतिक उचाइमा उनको १४ वर्षे जेलजीवन जोडिन पुग्दा आम जनताको आकर्षण नै थिए । दोस्रो संविधानसभाबाट जारी संविधानमा थुप्रै कमजोरीको बाबजुद भारतीय नाकाबन्दीको विरुद्ध ओलीले लिएको प्रष्ट अडानसामु अन्य नेता पुड्को साबित हुन भएका थिए ।

जनताको भावनाको साथ चल्ने र चलाउने खुबीको कारण तमाम देशीविदेशी षड्यन्त्र असफल बनाउने ‘एमाले ओली’ आफ्नै मुर्छित सपनाको सफल कार्यान्वयन गर्न चुकिसकेका छन् । यतिबेला आफ्नै अभिमानमा संकुचित भएका छन् र त्यसैलाई आफ्नो शक्ति ठान्दैछन् ।

राजनीतिको ज्ञान हुँदाहुँदै फगत कुर्सीको निम्ति अराजनीतिक सहमति र सम्झौताको कारण उनी बरालिन पुगे । असीमित शक्ति प्राप्तिसँगै बदलिएको उनको सङ्गत, संकुचित घेरा र अभिमानी कार्यशैलीको कारण उनको दोस्रो कार्यकाल जनताले सोचेजस्तो हुन सकेन ।

उनको शासनमा लोकतन्त्रमा अपरिहार्य नैतिकताको धरातल खस्किएको छ । शासनमा द्वैध चरित्र छ । ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ’ अभिव्यक्ति जोक बन्न पुगेको छ । उनले आफ्नो पार्टीमा गुटवृक्ष हुर्काएर आसेपासेलाई छाहारी दिएका छन् । आर्थिक अराजकता र दण्डहीनता झनै मौलाएको छ । अन्ततः राजनीति झन् फोहोरी खेल बन्दैछ ।

ओलीले देखेका सपना उनकै नेतृत्वमा पूरा हुन् भन्ने जनताको चाहना हो । एमाले र माओवादी केन्द्रको गठबन्धनले निर्वाचनमा प्राप्त गरेको जनादेशले सहमति र सहकार्य मागेको थियो । ओलीले जानदेशको सम्मान गर्न सकेनन् । उनले पार्टी, पद्धति, विचार, विधि सबै अस्तव्यस्त बनाइदिए ।

राजनीति र सङ्गठनको न्यूनतम मापदण्ड भत्काएर आफू शक्तिशाली हुने सोचले ओली अलोकप्रिय हुँदैछन् । म नै पार्टी हुँ, म नै विधि हुँ र म नै राज्य हुँ भन्ने अहंकारले ओली ढुस्स फुलेका छन् । फुक्र्याएर नाजायज लाभ हासिल गर्न लोभीपापी, स्वार्थी, शक्तिका पुजारी, चाकडीवाजहरूले उनलाई घेरामा पारेका छन् । यिनीहरूलाई सहयोगी ठानेर ओली चौतर्फी विनाश निम्त्याउँदैछन् ।

लोकतन्त्र र विधिको पक्षमा उभिने ‘अर्गानिक ओली’ अथाह शक्ति दुरुपयोगको अभ्यासमा अग्रसर हुँदा उनले पार्टी बैठक, संसदीय दलको बैठक र सहयात्री नेतासँग छलफल आवश्यक ठानेनन् । सामाजिक सञ्जालका प्रयोगकर्ता, मिडिया र पत्रकारलाई समेत दुश्मन देख्न पुगे । राज्यकोषको चरम दुरुपयोग गरे ।

प्रधानमन्त्री ओलीले हालै एउटा विदेशी मिडियालाई अन्तर्वार्ता दिएर कोरोना संक्रमण नियन्त्रणमा छ भन्दै गर्दा संक्रमित संख्या ९ हजार नाघेको थियो । अहिले जताततै व्यक्ति र अभियन्ताहरू जुटेर बिरामीलाई अक्सिजनका सिलिन्डर पुर्‍याउँदै छन् ।

‘सत्तासीन ओली’ ले विधिका सबै अवयव निष्क्रिय बनाए । ओली लगामविहीन प्रधानमन्त्री भए । मुलुकले समृद्धि र स्थायित्वको इटा राख्नै पाएन ।

ओलीको नैतिकतामाथि दर्जनौँ प्रश्न उठ्न सक्छन् । आफूले भङ्ग गरेको प्रतिनिधिसभा अदालतले व्यँुताएपछि पनि उनले नैतिकता दायित्व लिन चाहेनन् । उनको यो प्रवृत्ति ‘नैतिकताको खडेरी’ का रूपमा बौद्धिक क्षेत्रमा चित्रित भयो ।

ओलीले संसदको उपेक्षा गर्दै एकपछि अर्को अध्यादेशबाट देश चलाउने दुष्प्रयास गरेका छन् । संविधानमाथि रजगज चलाएका छन् ।

प्रधानमन्त्री ओलीले हालै एउटा विदेशी मिडियालाई अन्तर्वार्ता दिएर कोरोना संक्रमण नियन्त्रणमा छ भन्दै गर्दा संक्रमित संख्या ९ हजार नाघेको थियो । अहिले जताततै व्यक्ति र अभियन्ताहरू जुटेर बिरामीलाई अक्सिजनका सिलिन्डर पुर्‍याउँदै छन् । देशभरका अस्पताल कोरोनाका बिरामीले भरिभराउ छन् । दिनहुँजसो अक्सिजन, एम्बुलेन्स, बेड, अक्सिजन नपाएर छटपटिँदै बिरामीहरू मर्न थालेका छन् । प्रधानमन्त्री ओली उपचार नपाएर कोही मर्नु पर्दैन भन्दैछन् । ओलीमा मानवीय संवेदना पनि रित्तिसकेको हो कि !

प्रदेश सरकारहरूमा ओली पक्षको झेल चलेको छ । आज नभए भोलि र भोलि नभए पर्सि ओलीको रजगज सकिने छ । जनता ‘अम्पायर’ भएका दिन उनी पराजित हुनेछन् ।

‘ओली खेल’ ओली पक्षकै लागि आत्मघाती सावित हुँदैछ । ओली राजमा देशको समय बर्बाद भएको छ, राजनीतिक अस्थिरता मौलाएको छ, मुलुकको समृद्धिमा बाधा भएको छ ।

दुई तिहाईको बहुमतबाट ओली आज ओली अल्पमतमा परेका छन् । अब उनको ओरालो यात्रा रोकिने छैन । अभिमानले ओलीलाई परालको घोडा बनाइदिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : ०२ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ