सरकारले चुच्चे नक्सा अंकित विभूषण वैशाख १ गते प्रदान गर्ने | Khabarhub Khabarhub

सरकारले चुच्चे नक्सा अंकित विभूषण वैशाख १ गते प्रदान गर्ने


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गर्ने जनाएको छ ।

मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको ‘नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गरिनेछ ।’

यसैगरी २०७६ मा असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ गते वितरणका लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा आएको विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति मन्त्रालयले आपत्ति जनाएको छ ।

घोषणा तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लिखित विभूषणहरूमा अंकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । २०७७ वैशाखको १ गते कोभिड-१९ का कारण वितरण हुन नसकेको विभूषण मात्र यसपटक सुशोभन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ४६ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको