सरकार भरसक बन्दाबन्दी नगर्ने पक्षमा छ : पर्यटनमन्त्री ढकाल (भिडियोसहित) | Khabarhub Khabarhub

सरकार भरसक बन्दाबन्दी नगर्ने पक्षमा छ : पर्यटनमन्त्री ढकाल (भिडियोसहित)


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड महामारी नियन्त्रणका लागि सरकार लागिपरेको बताए ।

उनले भने, “विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ । कोभिड महामारीको जोखिम नियन्त्रण र परिस्थितिलाई सहज बनाउने तयारीमा सरकार जुटिरहेको छ, भरसक बन्दाबन्दी नगरी परिस्थितिलाई नियन्त्रणमा लिने प्रयत्न जारी रहन्छ, कुनै विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि छैन, अहिलेको अवस्थामा सबैले सजकता अपनाउन जरुरी छ ।”

पर्यटनमन्त्री ढकालले कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि केही दिनदेखि लगातार बढिरहेको कोभिडका सङ्क्रमितको सङ्ख्याले थप भयावह स्थिति सिर्जना हुने खतार बढेको उल्लेख गरे । “महामारीले थिलोथिलो बनेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कने वातावरण बनिरहेकामा पुनः कोभिडको अत्यासलाग्दो परिस्थितिले झस्काएको छ, छिमेकी मुलुक भारतमा महामारीको कहालीलाग्दो अवस्थाले खुला सिमाना, रहनसहन भएको मुलुक नेपालमा त्यसको असर पर्ने खतरा छ, हामी (नेपाल) १०० भन्दा कम सङ्ख्यामा झरिसकेको अवस्थामा हिजोआज ३०० भन्दा बढी सङ्क्रमित भेटिनु निकै चिन्ताको विषय हो”, उनले भने ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एनएमएको हालको भूमिकालाई थप प्रभावकारी तुल्याउन तथा संस्थालाई नवप्रवर्तन र पूर्वाधार विकासमा सक्रियता गराउन सुझाव दिए । उनले पर्वतारोहण क्षेत्रलाई विश्वमाझ पहिचान गराउन तथा यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन तथा व्यवस्थापन, आरोहणसम्बन्धी उपकरण र स्रोतसाधनको व्यवस्थापनका लागि संस्थाले गर्दै आएको कामको प्रशंसा पनि गरे ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले संस्थाको ४८ वर्षे इतिहासमा २४ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहणदेखि विश्वकै जोखिम हिमाल पाकिस्तानस्थित ‘माउन्ट केटू’ को यसै वर्ष १० नेपाली आरोहीले सफलतापूर्वक आरोहणले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर फैलाउन सफल भएको उल्लेख गरे । उनले पर्वतारोहणकै इतिहासमा पहिलोपटक माउन्टेन गाइड लाइसेन्सको व्यवस्था गर्न सफल भएको तथा नेपालमा खुला गरिएका ४१४ हिमाल र पिकको प्रोफाइल तयार गर्न सफल भएको जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ८ : ३० बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान