गुन्डागर्दीमा संलग्न भई सर्वसाधारणलाई धम्क्याएको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

गुन्डागर्दीमा संलग्न भई सर्वसाधारणलाई धम्क्याएको आरोपमा एक पक्राउ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुन्डागर्दीमा संलग्न भई अरूलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको उजुरीका आधारमा नुवाकोट लिखु गाउँपालिका घर भएका ३७ वर्षीय सीताराम पुलामी मगरलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनी टीकाराम पुलामी मगर र राम पुलामी मगरका नामले पनि चिनिएका थिए।

मगरले काठमाडौँको मनमैजुस्थित लोकतान्त्रिक चोकमा वर्गर हाउस र नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालक गर्दै आएका छन् । निर्माण सेवामा समेत ठेक्कापट्टाका नाममा धम्काउने काम गर्ने गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध काठमाडौँ र नुवाकोटमा विभिन्न ६ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ३ : ३० बजे

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका