घट्दै काठमाडौँको वायु प्रदूर्षण | Khabarhub Khabarhub

घट्दै काठमाडौँको वायु प्रदूर्षण


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही मात्रामा घटेको छ।

गएराति काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएको थियो।

वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौँको एक्यूआई अहिले १ सय ५२ छ। नेपाल अहिले विश्वव्यापी सूचकांकमा आठौँ स्थानमा छ।

नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो। आज पनि केही सुधार देखिएको हो।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो।

विश्वव्यापी सूचकांकमा अहिले मंगोलियाको राजधानी उलानबटार शहर विश्वकै प्रदूषित शहर बनेको छ। त्यहाँ अहिलेको एक्युआई १ सय ९६ रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ११ : ४१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका